2

Logo २०८३ बैशाख १३ आइतबार
१२ बर्षपछि नेपालले टी-20 बिश्वकपमा जित निकाल्यो

१२ बर्षपछि नेपालले टी-20 बिश्वकपमा जित निकाल्यो


Sabalnews प्रकाशित मिति : मंगलबार, फाल्गुन ५ २०८२
148

काठमाडौं ।

नेपालले टी-20 बिश्वकपमा १२ बर्षपछि जित निकालेको छ । स्कटल्याण्ड संग मंगलबार प्रतिस्पर्धा गरेको नेपालले ७ विकेटको फराकिलो अन्तरमा जित निकाल्दै सान्त्वना बनेको छ ।

स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेटको क्षतिमा पुर्‍याएको हो ।

भारतको मुम्बई वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउदै जित पोल्टामा पारेको नेपालले सन् २०१४ पछि टी-20 बिश्वकपमा जितेको हो । त्यो बेला बङ्गलादेशमा भएको खेलमा डेब्यु गर्दा हङ्कङ र अफ्गानिस्तानलाई पराजित गरेको थियो । त्यसपछिको लगातार ६ खेलमा हारमा चित्त बुझाउन बाध्य भएको थियो ।

आजको खेलमा नेपालका लागि दिपेन्द्रले अर्धशतक प्रहार गर्न सफल भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com