2

Logo २०८३ बैशाख १३ आइतबार
मनाइयो महाशिबरात्री (फोटो फिचर)

मनाइयो महाशिबरात्री (फोटो फिचर)


Sabalnews प्रकाशित मिति : सोमबार, फाल्गुन ४ २०८२
134

काठमाडौं ।

महाशिवरात्रि पर्वको अवसरमा देशैभर आराध्यदेव भगवान शिवको पूजाराधना संगै भजनकृतन गरि शिबरात्री मनाइएको छ । आइतबार बिहान नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्ति पूर्वक पूजाराधना गरिएको हो । शिबरात्री विशेष गरि पशुपति क्षेत्रसंगै देशका शिवालय मन्दिरमा मेला सहित लागेका थिए ।

कालीगण्डकी बेशी क्षेत्रका विभिन्न शिवालयहरुमा विहानै देखि श्रद्धालुभक्तजनहरुको भिडभाड रहेको थियो ।
बिशेष गरी पाल्पाको सिद्धबाबा, रामपुर नगरपालिका ८ को सिद्धबाबा धाम भुजात, टापुधाम, भिमसेनटोल शिवालय, तालपोखरा, बालसिद्ध मन्दिरमा विशेष पुजा भए ।

स्याङ्जाको छायाँक्षेत्रमा पनि भक्तजनहरुको दिनभर भिडभाड रह्यो। पाल्पा, स्याङ्जा तनहुँ नवलपुर लगाएत विभिन्न स्थान बाट सिद्धबाबा धाम दर्शनका लागि पुगेका थिए । सिद्धबाबा धाम भुजात पर्यटन विकास समितिका अध्यक्ष त्रिलोचन अधिकारीका अनुसार विहानै देखि भक्तजनहरुको भिड लागेको जानकारी दिनुभयो । भुजातमा भक्तजनहरुको संख्या क्रमश बढ्ने क्रममा रहेको छ । यस वर्ष शिवरात्रीको अवसरमा बालउद्यान बालबालिकाहरलाई रम्ने र रमाउने स्थल बनाइएकाले समेत उल्लासमय वातावरणमा शिबरात्री मनाइएको स्थानीयको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com