2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा १ हजार ५ सय बढी कर्मचारी खटाइने

पाल्पामा १ हजार ५ सय बढी कर्मचारी खटाइने


Sabalnews प्रकाशित मिति : बिहिबार, माघ ३० २०८२
106

पाल्पा ।

पाल्पामा निर्वाचन सम्पन्न गर्न एक हजार पाँच सय बढी कर्मचारी खटाउने तयारी गरिएको छ । पाल्पाको दुई वटा निर्वाचन क्षेत्रमा एक हजार पाँच सय छ जना निर्वाचन कर्मचारी खटाउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लाको क्षेत्र नं. १ मा ११७ मतदान केन्द्र र क्षेत्र नं. २ मा १३४ मतदान केन्द्र रहेका छन् । प्रत्येक केन्द्रमा निर्वाचन अधिकृत एक, सहायक निर्वाचन अधिकृत एक, सहायक कर्मचारी तीन र एक जना सहयोगी खटाउने तयारी छ ।
निर्वाचनका कर्मचारीसहित प्रत्येक निर्वाचन केन्द्रमा पाँच सय भन्दा कम मतदाता भएकोमा दुई र पाँच सय बढी मतदाता भएको केन्द्रमा तीन जना स्वयम्सेवक निर्वाचन अधिकृतले नियुक्त गर्ने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत केशव पराजुलीले बताउनुभयो ।

पाल्पामा रहेका अस्थायी दुई वटा मतदान स्थलमा पनि कर्मचारी खटाइनेछ । जिल्लाको तानसेनमा दुई वटा अस्थायी मतदान केन्द्र रहनेछन् । अस्थायी दुई वटा मतदान स्थलमा एक/एक जना निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र सहायक कर्मचारी खटाइनेछ ।

जिल्लाका लागि आवश्यक निर्वाचन कर्मचारीको तथ्याङ्क सङ्कलन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटाउने कर्मचारी र शिक्षकको विवरण स्थानीय तहबाट प्राप्त भइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com