2

Logo २०८३ बैशाख १३ आइतबार
फागुन ११ देखि एपोलो हाइड्रोपावर लिमिटेडले IPO खोल्ने

फागुन ११ देखि एपोलो हाइड्रोपावर लिमिटेडले IPO खोल्ने


Sabalnews प्रकाशित मिति : बुधबार, माघ २९ २०८२
120

काठमाडौं ।

फागुन ११ गतेदेखि एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसमध्ये ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । प्रभावित क्षेत्रका आधारमा उच्च, मध्यम र न्यून प्रभावित क्षेत्रमा क्रमशः ५० प्रतिशत, ३० प्रतिशत र २० प्रतिशत शेयर बाँडफाँट गरिनेछ ।

त्यस्तै, सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये ९४ हजार कित्ता (१० प्रतिशत) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाले अधिकतम ४७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयका लागि निष्काशन फागुन २५ गतेसम्म (ढिलोमा चैत १० गतेसम्म) खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन १४ गतेसम्म (ढिलोमा फागुन २५ गतेसम्म) आवेदन दिन सकिनेछ ।

केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ । कम्पनीले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसको अनुमानित लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com