2

Logo २०८३ बैशाख १३ आइतबार
काङ्ग्रेस प्रबेशमा लहर युवादेखि पाकासम्म

काङ्ग्रेस प्रबेशमा लहर युवादेखि पाकासम्म


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ २८ २०८२
155

पाल्पा ।

चुनावी माहोलले तातेको पाल्पामा नेपाली काङ्ग्रेसप्रति यो पटक नागरिकको थप उत्साह बढेको छ । नेपाली काङ्ग्रेसले पाल्पाको दुबै क्षेत्रमा युवा उमेदवार उठाएपछि पाल्पा काङ्ग्रेसमय बनेको हो ।

पाल्पा दुबै क्षेत्रमा काङ्ग्रेसले चुनाबी गतिबिधिलाई अहिले गाउँघर टोलमा केन्द्रित बनाएको छ । २०५१ देखि एमालेले जित्दै आएको पाल्पा १ मा यतिबेला चुनाबी माहोल काङ्ग्रेसको पक्षमा छ । काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उमेदवार सन्दिप राना युवा उमेदवार हुन् । नयाँ र परिवर्तन खोज्ने युवालाई सन्दिप रुचाइएका छन् । नेपाली राजनिती, बिश्वभर अन्तरास्ट्रिय सम्बन्ध राख्न सक्ने दख्खल भएका राना काङ्ग्रेस मात्र होइन एमाले र अन्य दल बिचमा पनि रुचाइएका उम्मेदवारका रुपमा लिइन्छ । उनै राना अहिले क्षेत्र नम्बर १ को ३७ वटै वडामा बस्ती बस्तीसम्म पुगिरहेका छन् ।

उनै रानाको चुनावी दौडधुप संगै राना संग र काङ्ग्रेसमा जोडिनेहरु दिनप्रतिदिन बढ्दै छन् । गाउँ-गाउँबाट युवा र पाका पुस्ता काङ्ग्रेसमा प्रबेश गरेका छन् । पुर्वी पाल्पाका केही बस्ती काङ्ग्रेसमा आएको छ । युवाहरु युवा उमेदवारको पक्षमा छन् ।

२०३६ जनमत संग्रहको अभियान्ता, २०४६ को आन्दोलनकर्ता, ५१ पश्चात् अन्य विचारधारामा रहेर समाजमा योगदान गर्नुभएका पाका अग्रज धननाथ अधिकारी लगायतका जेष्ठ अभिभावक काङ्ग्रेसको चारतारामा गोलबद्द हुनुभएको छ । पाल्पा १ विकासको लागी परिवर्तनको अभियानमा मार्गदर्शन गर्दै अधिकारी पुनः नेपाली काँग्रेसमा आएको बताउनुभयो । देशको हरेक परिवर्तन काङ्ग्रेसकै पालामा भएको र देशको नेतृत्व पनि काङ्ग्रेसले नै गर्ने भन्दै आफूले काङ्ग्रेसलाई नै रोजेको अधिकारीले बताउनुभयो ।

साङ्गठनिक रुपमा एमालेले पकड ठानेको पुर्वखोला र निस्दीका युवाहरु ठूलो संख्यामा नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन् । परिवर्तनको सम्बाहक र सरगर्मी काङ्ग्रेस र युवा उमेदवार सन्दीप राना भएको उनीहरुको भनाई छ । पाल्पा १ मा अहिले चुनाबी माहोल तातिएको छ । फागुन ४ पछि आमसभा गर्न मिल्ने भएकोले यतिबेला उम्मेदवारहरु घरदैलो भेटघाट र टोलटोलमा चुनाबी प्रचारमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com