2

Logo २०८३ बैशाख १३ आइतबार
प्रेस चौतारीकाे साधारणसभा तथा डिजिटल पत्रकारिता क्षमता विकास कार्यक्रम सम्पन्न

प्रेस चौतारीकाे साधारणसभा तथा डिजिटल पत्रकारिता क्षमता विकास कार्यक्रम सम्पन्न


Sabalnews प्रकाशित मिति : शनिबार, माघ २५ २०८२
134

पाल्पा ।

प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा तथा डिजिटल पत्रकारिता क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय अर्थ सचिव प्रदीप आचार्यले परम्परागत पत्रकारिता पेशा दिनहुँ संकटमा पर्दै गएकोले, समय परिस्थिति अनुसार पत्रकारहरू डिजिटल प्रविधिमा रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयाे । अहिले व्यक्ति व्यक्तिले अनलाईन संचालन गर्ने र सत्य, तथ्य, निष्पक्ष पत्रकारिता नगरी देखाउने गलत प्रबृति बढेको समेत उहाँले बताउनुभयो। नेकपा एमाले पाल्पा इन्चार्ज एवं पाल्पा २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले देश संविधान बाहिरबाट चलेकोले मुलकलाई संविधानको दायरामा ल्याउन आवश्यक रहेकाेमा जाेड दिनुभयाे ।

नेकपा एमाले केन्द्रिय सदस्य सरस्वती चिदीले पत्रकारहरुले सत्य तथ्य र निष्पक्ष भएर समाचार लेख्नुपर्ने बताउनुभयाे । लुम्बिनी प्रदेशसभा सदस्य एवं अर्थ उधोग पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले अहिले सामाजिक सञ्जालबाट मित्थ्या समाचारको बाढी नै आएकोले जनतालाई सहि र गतल छुट्टाउन कठिन भएको बताउनुभयाे ।

साधारणसभा तथा डिजिटल पत्रकारिता तालिममा नेकपा एमालेका उपाध्यक्ष विमल काफ्ले, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश इन्चार्ज टिका बहादुर बस्नेत, पाल्पा इन्चार्ज मिलन विश्वकर्मा, प्रेस स्वतन्त्रता सेनानी गाेविन्द भट्टराई, एमाले चौतारी फाँट ईन्चाज राजेश कुमार अर्याल, माथागढी-३ का वडाअध्यक्ष तेज घर्तीमगर, प्रदेश सचिव कृष्ण पोखरेल, पूर्वअध्यक्ष भगवान भण्डारी, निवर्तमान अध्यक्ष राजेन्द्र लिगल, पाल्पा व्यापार संघका अध्यक्ष बिष्णु कार्की, अक्षयकोषदाता तुल बहादुर अधिकारी लगायतले बोलेका थिए ।

सह-सचिव विजय वौडेलले सदस्यहरुको हक हितको लागि स्थापित चौतारी कल्याणकोष मस्यौदा प्रतिवेदन प्रस्तुत गर्नुभयाे । साधारणसभामा सचिव दयाराज न्यौपानेले सांगठनिक र कोषाध्यक्ष नेत्र गैरेले आर्थिक प्रतिवेदन पेश गर्नुभएकाे थियाे ।

तालिममा पत्रकारिताको क्षेत्रमा एआई विज्ञ तथा गोरखापत्रका उपसम्पादक अजय शर्माले एआईले पत्रकारिता क्षेत्रमा पुर्‍याएको सहयोगको बारेमा सहजीकरण गर्नुभएकाे थियाे । प्रेस चौतारी पाल्पाका उपाध्यक्ष शोवाकान्त पाठकको स्वागत, सचिव दयाराज न्यौपानेको संचालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा कार्यक्रम भएकाे हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com