शुक्रबार पनि घट्यो सुनचाँदी, कतिमा भईरहेको छ? कारोबार
काठमाडौँ ।
नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो।
यस्तै, शुक्रबार पनि चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा ४ हजार ९ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।