2

Logo २०८३ बैशाख १३ आइतबार
स्याङ्जामा एमालेबाट जितेका वडा सदस्य सहित एक दर्जन काङ्ग्रेस प्रबेश

स्याङ्जामा एमालेबाट जितेका वडा सदस्य सहित एक दर्जन काङ्ग्रेस प्रबेश


Sabalnews प्रकाशित मिति : आइतबार, माघ १९ २०८२
155

स्याङ्जा ।

संघीय सभाको निर्वाचन नजिकिए सँगै विभिन्न दल परित्याग गरी पार्टी प्रवेशको माहोल चलिरहेका बेला स्याङ्जाको चापाकोट नगरपालिका वडा नं १ मा नेकपा एमाले परित्याग गरी निर्वाचित वडा सदस्य सहित नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

आइतबार एक कार्यक्रमका बीच नेपाली काँग्रेसमा प्रवेश गर्नेहरूमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य सन्तोष थापा, एमाले तर्फबाट वडा सदस्यका उम्मेदवार बाबुराम तिवारी, २०४८ सालदेखि नेकपा एमालेमा आबद्ध रहँदै आएका एकदेव तिवारी रहेका छन् । साथै युवाहरू कृष्णबहादुर आले, सन्तोष राना, हरिबहादुर बराल लगायत अन्य धेरै युवा पनि काँग्रेसमा आबद्ध भएका छन् ।

नेविसंघका पूर्व सभापति धनराज पौडेलका अनुसार लोकतान्त्रिक मूल्य, विचार र जनताको सेवाको भावना अनुरूप काम गर्न सकिने विश्वासका साथ उनीहरूले नेपाली काँग्रेस रोजेको बताएका छन् । उक्त प्रवेश कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का उम्मेदवार भागवत प्रकाश मल्ल, गण्डकी प्रदेश सभा सदस्य महेस भट्टराई, केदार काफ्ले लगायत काँग्रेसका नेताहरूले नव प्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी नेताहरूले सबैलाई एकताबद्ध भएर लोकतन्त्रको रक्षा, सुशासन र चापाकोटको समग्र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com