2

Logo २०८३ बैशाख १३ आइतबार
स्कुटी-माेटरसाइकल दुर्घटनाका तीन जना घाइते मध्य २ पोखरामा उपचार

स्कुटी-माेटरसाइकल दुर्घटनाका तीन जना घाइते मध्य २ पोखरामा उपचार


Sabalnews प्रकाशित मिति : आइतबार, माघ १९ २०८२
155

पाल्पा ।

शनिबार बेलुकी रामपुर-५, नहर अफिसमा स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा घाइते २ जनालाई उपचारको लागि पोखरा लगिएको छ ।

दुर्घटनामा ३ जना घाइते भएका छन् । नहरअफिस देखि बेझाँड बजार तर्फ आउँदै गरेको जिए–ए–एए–२३८७ नं. को स्कुटर र विपरीत दिशाबाट गइरहेको लु ९३ प ४४८ नम्बरको मोटरसाइकल नहर अफिस बगैचाको उकालोमा ठोक्किदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा मोटरसाइकल चालक रामपुर-७, किसानबारी बस्ने ३१ वर्षीय आभाष गौतम, सोही मोटरसाइकल पछाडी बस्ने रामपुर-६, तालपोखरा बस्ने २० वर्षीय गोविन्द कंडेल रहनुभएकाे छ । यस्तै स्कुटर चालक रामपुर–५ भम्बक बस्ने ५५ वर्षीय देवराज शाही रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लाल बहादुर सुनारले जानकारी दिनुभयो ।

घाइतेहरूलाई उपचारको लागि रामपुर अस्पताल लगिएको भएपनि थियो । तर त्यहाँ उपचार हुन नसकेपछि स्कुटर चालक शाही र मोटरसाइकल चालक गाैतमलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com