2

Logo २०८३ बैशाख १३ आइतबार
सहकारी बजार प्रतिनिधि समूहद्वारा सहयाेग

सहकारी बजार प्रतिनिधि समूहद्वारा सहयाेग


Sabalnews प्रकाशित मिति : बिहिबार, माघ १६ २०८२
190

पाल्पा ।

सहकारी बजार प्रतिनिधि समूहले अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । समूहले पाल्पा शिविआरमा रहेका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको हो ।

तानसेनमा रहेका सहकारी संस्थामा कार्यरत बजार प्रतिनिधिहरुको समूहले गत पुस महिनामा तानसेनको टुंडिखेलमा भएको खाना महोत्सवमा स्टल राख्दा भएको आम्दानी अपाङ्गता भएका व्यक्तिलाई सहयाेग गरेकाे जनाएकाे छ । समूहले १३ जना अपाङ्गता भएका व्यक्तिलाई नौ हजार १०५ रुपियाँ नगद र एक क्यारेट अन्डा तथा विस्कुट प्रदान गरेकाे समूहकी अध्यक्ष सविता भाटले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा व्यवस्थापन सहयोगी सुमिला महर्जनले समूहलाई धन्यवाद दिनुभयाे । बताउनुभयो ।
पाल्पा शिविआरका कृष्ण गहतराजले संस्थागत गतिविधि बारे जानकारी गराउदै सहकारीमा काम गर्ने बजार प्रतिनिधिहरुको सहयोगले संस्थालाई राहत मिलेको बताउनुभयो ।

समूहले गत वर्षको खाना महोत्सवबाट भएको आम्दानीबाट तानसेन ९ दमकडामा रहेको दमकडा माध्यमिक विद्यालयमा रहेका दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग गरेको थियो । समूहमा आबद्ध बजार प्रतिनिधिहरुले जागिरसंगै आर्थिक आर्यआर्जनको काम गरी सामाजिक सेवामा खर्च गरिएकाे समूहकी सचिव राधा कुवँरले बताउनुभयाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com