2

Logo २०८३ बैशाख १३ आइतबार
किसानलाई वडाले दियो हाते ट्याक्टर

किसानलाई वडाले दियो हाते ट्याक्टर


Sabalnews प्रकाशित मिति : सोमबार, माघ १३ २०८२
183

पाल्पा ।

किसानहरुलाई रामपुर नगरपालिका ७ नम्बर वडा कार्यालयले हाते ट्याक्टर (मिनिटिलर) वितरण गरको छ। वडाले ५० प्रतिशत अनुदानमा कृषकलाइ मिनिटिलर वितरण गरेको हो ।

गाउँघरमा हिजोआज गोरु पाल्न छोडेको र माथिल्लो भेगमा कृषकहरुलाइ खेतबारी खनजोत गर्न समस्या भएपछि कृषक संगबाट निबेदन माग गरि मिनिटिलर उपलव्ध गराएको वडाध्यक्ष  दोबराज तिवारीले बताउनुभयो ।   सदस्य मिन बहादुर सिंजालीले  सिमित स्रोत र साधनका कारण सबैलाइ सहयोग गर्नै नसकेको भन्दै आगामि योजनामा पनि यस्ता औजारहरु वितरण गर्दै जाने बताउनु भयो ।

वडाबाट २ लाख १० हजार विनियोजन गरि कृषकलाइ कृषि औजार दिने योजना अनुसार कृषक सग २लाख १० हजार जम्मा गरि जम्मा ४ लाख २० हजारमा ७ वटा मिनि टिलर   वितरण गरकेो बताउनु भयो ।

वडाले ७ जना कृषकलाइ वितरण गरेकोमा प्रत्येक कृषकले ६० हजार रुपैया पर्नै औजार ३० हजार आफ्नो लगानीमा पाएको बताउनुुुभयो । प्रति कृषक लाइ मिनिटिलर वितरण गरको वडा अध्यक्ष तिवारीले बताउनु भयो । वहाले किसान १सय ७८ एफ सात एच पि नामको कृषि औजार कृषकहरु शेर बहादुर पुलामी, मोहोन बाहादुर ठाडा, दल बहादुर सिंजाली ,तिल बहादुर श्रेष्ठ ,गाम बहादुर आले महेन्द्र दिसुवा र भुम बहादुर श्रेष्ठलाइ कृषि औजार वितरण गरेको हो ।

वडा नम्वर ७ का वडा सदस्य एव कार्यपालिका सदस्य दुर्गादेवि भण्डारी गौतमको स्वागत मन्तव्य बाट शुरु भएको कृषि औजार वितरण कार्यक्रममा वडा सदस्य तथा न्यायीक समिति सदस्य खेमराज अधिकारीले बोल्दै कृषि औजारको भरपुर प्रयोग गरि कृषि उत्पादन बडाउनु पर्छ भन्नु भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com