नेपाली काङ्ग्रेसका उमेदवार राना प्याक्लुक शिवमन्दिर दर्शन गरि टोलबासी संग भेटघाटमा
पाल्पा ।
नेपाली काङ्ग्रेसका युवा नेता सन्दिप रानाले रामपुर ६ को शिवमन्दिर दर्शन गरि टोलबासी संग भेटघाट गर्नुभएको छ ।
नेपाली काङ्ग्रेसले देशको परिवर्तन र चाहाना अनुरुप युवालाई उमेदवार बनाएकोले अब जनप्रतिनिधिको भावना सहितको पाल्पा क्षेत्र नम्बर १ का जनताको हितमा आफू लाग्ने प्रतिबद्ध सहित शिवको दर्शन गरि प्याक्लुकबासी संग आशिर्वाद लिनुभएको छ ।

जिल्लाको पुर्वी भेग धेरै संभावना भएर पनि पछि परेको छ यहाँको सामाजिक, आर्थिक, धार्मिक र वातावरण परिवर्तन र आम नागरिकको जिवनस्तर उकास्न काङ्ग्रेस अहिले अग्रसर भएको बताउदै रानाले ठूलो कुरा बोल्नु भन्दा पनि बचनको पक्का भएकोले जे भन्छौ त्यो गर्छौ भन्ने उद्घोषले जनताको हितलाई सर्वोपरि ठानेर अघि बढेको उल्लेख गर्नुभयो ।
रामपुर नगरपालिकाका प्रमुख तथा काङ्ग्रेस महासमिति सदस्य रमण बहादुर थापाले काङ्ग्रेसले युवा गगन थापालाई पार्टीको नेतृत्व दिएको र पार्टीले सन्दिप जि लाई यहाँको नेतृत्व गर्न पठाएकोमा पाल्पा क्षेत्र नम्बर १ का नागरिकले युवा नेता रानालाई नेतृत्व दिन मत दिनुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका समानुपातिक उमेदवार कृष्ण प्रसाद अधिकारीले काङ्ग्रेसको साख मात्र नभई देशको जटिल परिस्थितिलाई मुलधारमा ल्याउन काङ्ग्रेसलाई मत दिनुको बिकल्प अहिले नभएको बताउनुभयो । काङ्ग्रेस प्रदेश सभा सदस्य बिष्णुमाया ढकालले युवाको प्रतिनिधित्व गर्न सक्ने आट र बिश्वास भएका पात्र यस भेगको लागि सन्दिप राना मात्र भएकोले सबै जोडिन आग्रह गर्नुभयो ।
आउदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उमेदवार सन्दिप रानालाई शिव मन्दिर व्यबस्थापन समिति, महिला समूह तथा प्याक्लुकबासीले बिजयी शुभकामना दिनुभएको थियो ।