2

Logo २०८३ बैशाख १३ आइतबार
सामुदायिकमा सबैभन्दा बढी विद्यार्थी भएको रामतुलसीलाई अन्तराष्ट्रिय गुणस्तर चिन्ह

सामुदायिकमा सबैभन्दा बढी विद्यार्थी भएको रामतुलसीलाई अन्तराष्ट्रिय गुणस्तर चिन्ह


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस २९ २०८२
218

पाल्पा ।

सामुदायिक तर्फ जिल्लामा नै धेरै विद्यार्थी रहेको रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर-५ पाल्पाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) लोगो प्राप्त गरेको छ ।

अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्तिका लागि विद्यालयले पूरा गर्नुपर्ने सुचकहरु मध्ये पहिलो चरणका सुचकहरु पुरा गरेपछि लोगो प्राप्त गर्न सफल भएको हो । ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ उद्योग पर्यटन बिकास समिति सभापति राजु प्रसाद श्रेष्ठको उपस्थितिमा विद्यालयले आईएसओ सर्टिफाइड लोगो प्रदान गर्नु भएको हो ।

लोगो हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य श्रेष्ठले विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डको लोगो प्राप्त गर्नु नगरपालिकाको गौरवको विषय भएको बताउनुभयो । पछिल्लो समय नगरका केही विद्यालयहरु आईएसओ गुणस्तर प्रमाणित गर्न लाग्नु समग्र नगरपालिकाको लागि सुखद् पक्ष रहेको उल्लेख गर्नुभयो । उहाँले पुराना दिन स्मरण गर्दै विद्यालयको प्रगति प्रती गर्ब महसुस गर्नु भएको छ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापदण्ड प्रमाणित कार्यक्रमले हरेक क्षेत्रलाई नियममा बाँध्नका लागि भूमिका खेल्ने बताउनुभयो ।

विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा पुर्व विद्यार्थी एवं पुर्व प्रदेश सभा सदस्य युबराज खनालले विद्यालय शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि यो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । साथै विद्यालयले लोगो प्राप्त गर्नका लागि शिक्षक , विद्यार्थी र अभिभावकले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । यसको निरन्तरता र आईएसओ प्रमाणितका लागि सबैले आ आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निभाउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिलका कन्ट्री म्यानेजर सुदिप शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साललाई औपचारिक रूपमा आईएसओको लोगो प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल विद्यालयको शैक्षिक गुणस्तर र वातावरण सुधारका लागि यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिलका कन्ट्री म्यानेजर सुदिप शर्माले यो कार्यक्रमले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने बताउनुभयो।

कार्यक्रममा आधारभूत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराई, दरैठाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देबकोटा र नेपाल पत्रकार महासंघ पाल्पा शाखा उपाध्यक्ष बन्दना पोखरेल, विद्यार्थी करिना कार्कीले लोगो प्राप्त गर्न सफल भएकोमा विद्यालय र यसको हक रहनुभएका सबैमा बधाई तथा शुभकामना दिंदै यसको निरन्तरताका लागि सबैले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले लोगो प्राप्त गरीसकेपछी अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पनि छिटै लीने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयले गरेका गतिविधिका बिषयमा जानकारी गराउनु भएको छ ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालको स्वागतबाट सुरु भएको कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुले साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो । हाल रामतुलसी माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म करीब २८ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com