सुरक्षा सहकारीको अध्यक्षमा लेखनाथ रेग्मी चयन
पाल्पा ।
सुरक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर–५, पाल्पाको १३ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
संस्थाको शनिबार सम्पन्न पाँचौ अधिवेशनले सहकारीका संस्थापक अध्यक्ष लेखनाथ रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । सञ्चालक समिति उपाध्यक्षमा सिता प्रधान, सचिवमा मोहन सिं राना, कोषध्यक्षमा ऋषिराम श्रेष्ठ रहनु भएको छ । त्यस्तै सदस्यहरुमा विष्णु प्रसाद गौतम, कमला देवी रुचाल, मिना शाही, हुम बहादुर सुनार र दिपक भट्ट क्षेत्रीलाई चयन गरेको निर्वाचन समितिका संयोजक गणेश प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

साथै अधिवेशनले अर्जुन प्रसाद रेग्मीको संयोजकत्वमा लेखासमिति सुपरिवेक्षण समिति चयन गरेको छ । सदस्यहरुमा मोहन थापा, विष्णु देवी घिमिरे आचार्य रहनु भएको छ । रामपुर ५ मटेरी फनपार्कमा भएको साधारण सभा तथा अधिवेशन सञ्चालक समिति अध्यक्ष मञ्जु भट्ट क्षेत्रीको अध्यक्षता र संस्थाका जेष्ठ शेयर सदस्य मन बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमको उट्घाटन गर्दै प्रमुख अतिथी रानाले सुरुवातमा शित्तल समूह बाट सुरुवात भएको संस्था वर्तमान अवस्था सम्म आउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले संस्थालाई थप व्यवस्थित बनाउँदै अघि बढ्न शुभकामना दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले सहकारीको महत्व र भावनाको विषयमा शेयर सदस्यहरुलाई जानकारी दिदै अघि बढ्न आग्रह गर्नुभयो । उहाँले सहकारीमा महिलाको नेतृत्वले गरेको कार्यको प्रशंसा गर्दै महिलाले पनि गर्न सक्छन् भन्ने कुरा प्रमाणित गरेको बताउनुभयो । समाजसेवी श्यामकान्त खनालले संस्थालाई थप गति दिन आर्थिक अनुशासनलाई विशेष ख्याल गर्न आग्रह गर्नुभयो । सहकारी घर आगनको दुःख, सुःखको सारथी रहेको बताउनुभयो । सहकारीका संस्थापक अध्यक्ष लेखनाथ रेग्मीले सबैको साथ र सहयोगले सहकारी वर्तमान आवस्था सम्म आएको बताउँदै यसरी नै साथ दिन आग्रह गर्नुभयो ।
रामपुर नगरपालिका–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले सहकारीले व्यवसायिक र आत्मनिर्भर बन्न प्रेरित गरि रहेको बताउँदै अब उत्पादनमा केन्द्रित हुनु पर्ने बताउनुभयो । रामपुर नगरपालिका सहकारी शाखा संयोजक गणेश प्रसाद रेग्मीले सहकारी संस्था विकास भए पनि अझै पनि सहकारी मोडलको विकास गर्न नसकिएको बताउनुभयो । जसका कारण धनी र गरिब विचको खाडल बढ्दै गएको धारणा राख्नुभयो । उहाँले सरकारले सहकारीलाई व्यवस्थित र सुरक्षित बनाउन नियमनलाई प्रथामिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहाकार मनीराज अधिकारी, सम्मानित विद्यार्थीका अभिभावक तिलक मल्ल, शेयर सदस्य गिरमान श्रेष्ठ, नगेन्द्र प्रसाद काफ्लेले शुभकामना मन्तव्य राख्नु भएको थियो । साधारण सभामा संस्थाका अध्यक्ष मञ्जु भट्टले संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
सोही अबसरमा कोषाध्यक्ष दिपकराज लम्सालले १४ करोड ६३ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष मोहन सिं रानाको स्वागत बाट सुरु भएको कार्यक्रममा सल्लाहाकार सीता प्रधानले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव राम बहादुर रानाले गर्नु भएको हो ।
साधारण सभाको अवसरमा जेष्ठ सेयर सदस्य मन बहादुर राना, असल बालबचत कर्ता मिष्टी सिं, प्रसिद्धि पराजुली, सनरीया नेपाली, असल ऋणि असुलीमा लाल माया राना, असल नियमित बचत कर्ता सविना सार्की, एसईईमा सर्वोत्कृष्ट विद्यार्थी आर्यान मल्ललाई सम्मान गरेको थियो । त्यस्तै मोहनी देवी राना, हुम बहादुर वि.क., मन बहादुर ठकुरीलाई मरणेपरान्त सम्मान प्रदान गरेको छ ।