2

Logo २०८३ बैशाख १३ आइतबार
मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, दुई घाइते


Sabalnews प्रकाशित मिति : शनिबार, पौस २६ २०८२
183

पाल्पा ।

रामपुर नगरपालिका–८, कुमराङ्गमा शनिबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

रामपुर नगरपालिका–८ पिल्टार बस्ने ५० वर्षीय डोल बहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । रामपुर बाट भुजात तर्फ जाँदै गरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरित दिशा बाट आउँदै गरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल साँझ ६ बजे आपसमा ठोक्किएको थियो । दुर्घटनामा लु ६८ प ८८०० का चालक डोल बहादुर कुमाल, लु २० प ५८९७ नम्बरको चालक रामपुर नगरपालिका–८, धारापनी बस्ने २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडी सवार सोही स्थानका २३ वर्षीय गिरमान श्रेष्ठ घाइते हुनु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर सुनारले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि रामपुर अस्पताल ल्याईएको थियो । गम्भिर घाइते डोल बहादुर कुमालको उपचारको क्रममा रामपुर अस्पतालमा निधन भएको उहाँले जानकारी दिनुभयो । घाइते मध्ये करणको अवस्था गम्भीर रहेको छ भने गिरमानको अवस्था मध्यम रहेको छ । उनीहरुलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएकोे छ ।

लु ६८ प ८८०० को मोटरसाइकलले अगाडी रहेको नम्बर नखुलेको कारलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com