2

Logo २०८३ बैशाख १३ आइतबार
सिर्जनशिल सिकाइ केन्द्रद्वारा विद्यार्थीलाई झोला वितरण

सिर्जनशिल सिकाइ केन्द्रद्वारा विद्यार्थीलाई झोला वितरण


स्मृति ढकाल प्रकाशित मिति : शनिबार, पौस १९ २०८२
211

स्याङ्जा ।

सृजनशील सिकाइ केन्द्र चापाकोट–१, स्याङ्जाले भानु माध्यमिक विद्यालय र रोग्दीठाटी आधारभूत विद्यालयमा बालविकासदेखि कक्षा ३ सम्म अध्ययनरत ४९ जना विद्यार्थीलाई झोला वितरण गरेको छ।

केन्द्रका अध्यक्ष दयाराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा चापाकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख इन्दु भेटवालले शिक्षाको गुणस्तर र सिकाईको लागि यो सहयोग प्राप्ति मात्र नभई उपलब्धि हुने बताउनुभयो ।

कार्यक्रममा नगर शिक्षा समिति सदस्य एवम् भानु मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद भण्डारी, रोग्दीठाटी आबि विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद भण्डारी, वडा नं. १ का वडा सचिव विशाल कोइराला तथा भानु माविका प्रधानाध्यापक बिनु प्रसाद पराजुलीले मन्तव्य राख्नुभएको थियो।

पार्वती न्यौपानेको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक बालकृष्ण ज्ञवालीले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com