2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरमा सामी कार्यक्रम, आप्रवासी स्रोत उप-केन्द्र स्थापना

रामपुरमा सामी कार्यक्रम, आप्रवासी स्रोत उप-केन्द्र स्थापना


Sabalnews प्रकाशित मिति : शनिबार, पौस ५ २०८२
295

पाल्पा

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत पाल्पाका ९ स्थानीय तहमा यसबर्षबाट शुरु भएको सामी कार्यक्रमबारे रामपुरमा आप्रवासी स्रोत उप–केन्द्र स्थापना भएको छ ।

वैदेशिक रोजगारीमा जान चाहाने तथा रोजगारीको शिलशिलामा प्रवासमा रहेका नागरिक तथा बिचमा फर्किएर समस्यामा परेका नागरिकलाई परामर्श दिन इलाका प्रशासन कार्यलयमा सामीको कक्ष उद्घाटन गरिएको हो ।

उप–केन्द्र बाट सूचना तथा परामर्श सेवा, कानूनी परामर्श तथा कानुनी सहजिकरण, सीप विकास तालिमको लागि सहजिकरण सेवा प्रवाह गरिनेछ । उप–केन्द्रको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रमको अवसरमा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्बन्धमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले वैदेशिक रोजगारले अर्थतन्त्रको ठूलो हिस्सा विप्रेषणले ओगटे पनि स्वदेशमा पुँजी  र्माण जुन मात्रा हुनु पर्नेहो सो अनुसार हुन नसकेको बताउनुभयो । अधिकांश रेमिटान्स घरखर्चमा सकिने गरेको बताउनुभयो । उहाँले सामी कार्यक्रमले वैदेशिक रोजगारको क्रममा समस्यामा परेका नागरिकहरुको सहजताको लागि कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । स्थानीय सरकारले स्वदेश मै युवाहरुलाई स्वरोजगार सृजनाका लागि कार्यक्रम सञ्चालन गरे पनि युवाहरुलाई आकर्षण कम रहेको बताउनुभयो ।

युवाहरुलाई स्वदेश मै उद्यमी पनिउ  रोजगारीका सुरक्षित बनाउनु आवश्यक रहेको बताउनुभयो । नेपालको साक्षरता प्रतिशत बढे पनि वित्तिय साक्षरताको कमी रहेका कारण वैदेशिक रोजगार बाट प्राप्त रेमिट्यान्सको उचित सदुपयोग हुन नसकेको बताउनुभयो । वैदेशिक रोजगार बाट प्राप्त पुँजीको सही व्यवस्थापन र पूँजी निर्माणमा थप टेवा दिने बताउनुभयो । नेपालीको प्रतिष्ठा थप उच्च बनाउन सहयोग गर्ने बताउनुभयो । सुरक्षित वैदेशिक रोजगारीका लागि सामी कार्यक्रमले महत्वपूर्ण टेवा दिने बताउनुभयो । तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले वैदेशिक रोजगारीको क्रममा देखिएका समस्या समाधानका लागि सबै लाग्नु आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले ढिलै भएपनि कार्यक्रम लागु हुनु खुशीको कुरा भएको बताउनुभयो । एनआरएनए युएईका अध्यक्ष भिम मल्ल ठकुरीले कम्पनीको डिमाण्ड लेटरमा दुतावास छाप सुनिश्चित गरेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्नुभयो ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका लुम्बिनी प्रदेश कार्यक्रम व्यवस्थापक विजय ठाकुरले वैदेशिक रोजगारले दिएको योगदान, चुनौती, समस्याको विषयमा जानकारी गराउनु भएको थियो । उहाँले सन २०११ मा दुई जिल्लाबाट सुरु भएको कार्यक्रम सबै स्थानीय तहमा चलाउने तयारीमा रहेको  बताउनुभयो । परियोजनाले सूचना तथा परामर्श सेवा, कानूनी परामर्श तथा कानुनी सहजिकरण, सीप विकास तालिमको लागि सहजिकरण, मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता लगाएतका सेवा प्रदान गर्ने बताउनुभयो ।

सामी परियोजना पाल्पाका कार्यक्रम संयोजक दिनेश घिमिरेले जिल्लाबाट प्रवाह हुँदै आएको सेवा र वर्तमान अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । पाल्पाको तानसेनमा गत वर्ष देखि कार्यक्रम सुरु भए पनि पाल्पाका अन्य ९ स्थानीय तहमा यस वर्ष देखि कार्यक्रम सुरु भएको हो । वैदेशिक रोजगारीको क्रममा देखिएका नेपालीको समस्या समाधानको प्रक्रिया, क्षतिपूर्तिको बारेमा उहाँले जानकारी दिनु भएको थियो । रामपुर नगरपालिका रोजगार शाखा संयोजक गणेश प्रसाद रेग्मीले नगरपालिकाले वैदेशिक रोजगारी सम्बन्धी गरेका कार्यको बारेमा जानकारी दिनु भएको थियो ।

रामपुर नगरपालिकाको सभाहलमा भएको अभिमुखिकरण कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको थियो । रामपुर नगरपालिका रोजगार शाखा संयोजक गणेश प्रसाद रेग्मीको स्वागत र योजना शाखा अधिकृत विक्रम बस्नेतको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com