2

Logo २०८३ बैशाख १३ आइतबार
केपी ओली दरिलो बन्दै, तेस्रोपटक एमाले अध्यक्षमा निर्वाचित

केपी ओली दरिलो बन्दै, तेस्रोपटक एमाले अध्यक्षमा निर्वाचित


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस ३ २०८२
190

काठमाडौं ।

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुन: तेस्रो पटक निर्वाचित हुनुुुभएको छ।  भृकुटीमण्डपमा भएको पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी हुनुुुभएको हो ।

अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गर्नुुुभयो । नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर ओली पहिलोपटक अध्यक्षमा निर्वाचित हुनु भएयता निरन्तर बिजयी हुनुभएको छ  ।

त्यस्तै, दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर उहाँ  दोस्रोपटक  अध्यक्षमा र ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा उहाँ अध्यक्षमा बिजयी हुनुभयो ।

२ हजार २ सय ६३ प्रतिनिधि भएको एमालेको महाधिबेसनमा  २ हजार २ सय २७ प्रतिनिधिले मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com