2

Logo २०८३ बैशाख १३ आइतबार
रामतुलसी नमुना माबिले मनाउदैछ ५८ औं बार्षिकोत्सव

रामतुलसी नमुना माबिले मनाउदैछ ५८ औं बार्षिकोत्सव


Sabalnews प्रकाशित मिति : शनिबार, मंसिर २८ २०८२
197

पाल्पा ।

पुर्वी पाल्पाको हाइस्कुलको रुपमा स्थापित रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरले स्थापनाको ५८ औं बार्षिकोत्सव मनाउदैछ ।

सप्ताहव्यापी वार्षिक उत्सवको पहिलो दिन ‘स्वच्छ विद्यालय–सुरक्षित समुदाय’ नारासहित बृहद् सरसफाइ अभियान सम्पन्न गरेको छ। विद्यालयका शिक्षक,विद्यार्थी संयुक्त रामपुरको मुख्य बजार क्षेत्र,  नगरपालिका परिषर, विद्यालय आसपास, नहर अफिस चोक हुँदै बाङ्गे पसलसम्म सरसफाइ गरेको प्रध्यानध्यापक बालकृष्ण लम्सालले बताउनुभयो ।

विद्यालयका प्रध्यानध्यापक लम्सालले उत्सवपूर्व सरसफाइ अभियानले विद्यार्थीमा सामाजिक चेतना र जिम्मेवारीबोध बढाएको बताउनु भएको छ । “शिक्षा केवल किताबमा सीमित हुँदैन, समाजलाई स्वच्छ, सजग र सचेत बनाउने जिम्मा पनि शिक्षाको हो। आजको सरसफाइ अभियानले विद्यार्थीलाई जीवनपर्यन्त काम लाग्ने व्यवहारिक शिक्षा दिएको छ” लम्सालले भन्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिशाल श्रेष्ठ (अशोक)ले यस प्रकारका गतिविधिले विद्यालय–समुदाय सम्बन्ध अझ प्रगाढ बनाउने उल्लेख गर्नुभयो ।

“विद्यालय र समुदायबीचको सहकार्यले मात्र दिगो परिवर्तन सम्भव हुन्छ। विद्यार्थीकै नेतृत्वमा भएको अभियानले रामपुरलाई अझ सुन्दर, सभ्य बनाउन योगदान गरेको छ,”अध्यक्ष श्रेष्ठले भन्नुभयो । “विद्यार्थी आफू बस्ने समाजप्रति गर्व र दायित्व बोध गर्न सिक्नुपर्छ। सरसफाइ अभियानले उनीहरूमा अनुशासन, सहकार्य र सकारात्मक बानी विकास गर्न मद्दत गरेको छ,” उहाँले भन्नू भयो।

विद्यालयले ५८ औँ सप्ताहव्यापी वार्षिक उत्सवमा विद्यालय स्तरीय कार्यक्रम गर्दैछ । पुस १ गते औपचारिक कार्यक्रम गरेर उत्सव सकिनेछ। उत्सवमा सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, विज्ञान तथा कृषि प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शन, प्रतिभा खोज प्रतियोगिता लगायतका विविध आकर्षक गतिविधिहरू समावेश रहने विद्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com