2

Logo २०८३ बैशाख १३ आइतबार
एन्फाद्दारा रामपुरका ७ विद्यालयलाई फिफा बल हस्तान्तरण

एन्फाद्दारा रामपुरका ७ विद्यालयलाई फिफा बल हस्तान्तरण


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर २६ २०८२
309

पाल्पा

अखिल नेपाल फुटबल संघ एन्फाले जिल्लाका विद्यालयलाई फुटबल हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत बिहिबार रामपुरका विद्यालयलाई बल हस्तान्तरण गरेको छ ।

एन्फाले ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम चलाएको छ । सोही कार्यक्रम अन्तर्गत एन्फाले जिल्ला फुटबल संघ पाल्पाको सहकार्यमा विद्यालयलाई फुटबल वितरण गरेको हो ।

जिल्ला फुटबल संघका अध्यक्ष प्रणय बिरजंग राणाले रामपुर नगरपालिका भित्रका सात माध्यमिक विद्यालयलाई फिफा बल हस्तान्तरण गरिएको बताउनुभयो । फुटबलको भविष्य बलियो बनाउन विद्यालय तहबाटै कार्यक्रम जोडेको बताउदै उहाँले बालबालिकामा खेलप्रति लगाव बढाउन र अनुशासन र उत्तरदायी बनाउन ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।

पाल्पामा पहिलो चरणमा २६ विद्यालयलाई १५ वटा बलका दरले फिफा बल प्रदान गरिएको जिल्ला फुटबल संघका सदस्य किरण चित्रकारले बताउनुभयो ।

पाल्पा जिल्ला फुटबल संघका सदस्य अनिल शाहीका अनुसार रामपुर नगपालिका भित्रका वडा नं. ५ को भूपू सैनिक राईजिङ्ग अंग्रेजी मावि र  रामपुर अंग्रेजी आवासिय मावि, वडा नं. ६ को दरैठाँटी मावि र नवदुर्गा मावि, वडा नं. ७ को आधारभूत मावि, वडा नं. ८ को गंगा मावि र वडा नं. १० को भानुभक्त माविलाई फिफा बल हस्तान्तरण गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com