2

Logo २०८३ बैशाख १३ आइतबार
पाकापुस्ताको ज्ञान सिप पुस्तान्तरणका लागि रामघाटधाममा नगरपालिकाले सञ्चालनमा ल्यायो “जेष्ठ नागरिक स्कुल”

पाकापुस्ताको ज्ञान सिप पुस्तान्तरणका लागि रामघाटधाममा नगरपालिकाले सञ्चालनमा ल्यायो “जेष्ठ नागरिक स्कुल”


Sabalnews प्रकाशित मिति : बुधबार, मंसिर २५ २०८२
190

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाले जेष्ठ नागरिकको अनुभव र सिकाई पछिल्लो पुस्तामा हस्तान्तरणका लागि रामघाटधाममा जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय जेष्ठ नागरिकको घुलमिल कम हुनु र पछिल्लो पुस्ताले पाका अनुभवले खारिएका जेष्ठ नागरिकको ज्ञान सीप सिक्ने सिकाउने उद्देश्यले स्कुल स्थापना गरेको हो ।  रामपुर नगरपालिका –५ रामघाटधाममा जेष्ठ नागरिक स्कुल, ज्ञान केन्द्र, स्कुल बस सञ्चालनमा ल्याईएको हो ।

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख रमण बहादुर थापाले  जेष्ठ नागरिकहरुको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै उहाँहरुलाई सम्मान सहितको सक्रिय जीवन जिउने वातावरण निर्माण ब जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको बताउनुभयो । रोजगारीको शिलशिलामा सन्तानहरु परदेशमा हुँदा जेष्ठ नागरिकमा परेको समस्यालाई मध्यनजर गर्दै उहाँहरुमा खुशी ल्याउन जेष्ठ नागरिक स्कुलको अवधारणा अघि बढाएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगरपालिकाले स्कुल सञ्चालनका लागि कार्यविधि निर्माण गरी आवश्यक बजेटको समेत व्यवस्था गरेको बताउनुभयो । जेष्ठ नागरिकलाई आउन र जानका लागि बस सेवा समेत सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

कार्यक्रममा रामपुर–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले नयाँ पुस्तामा सिप पुस्तान्तरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रामपुर नगरपालिकाका सल्लाहाकार सन्दीप रानाले देश मै पहिलो पटक रामपुर नगरपालिकाले नमूना अभ्यास गरेको बताउनुभयो । जेष्ठ नागरिक स्कुलले जीवनका अनुभवलाई आपसमा साटासाट गर्नुका साथै समाजको मौलिकपनलाई पनि जीवन्त राख्न महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । नयाँ पुस्ता पाठ्यपुस्तकको ज्ञान प्राप्त गरे पनि व्यवहारिक र संस्कारयुक्त शिक्षा बाट बञ्चित भैरहेको बताउनुभयो ।

जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले जेष्ठ नागरिकलाई उचित सम्मान प्राप्त नभैरहेको सन्दर्भमा पाठशाला स्थापनाले जेष्ठ नागरिकको उचित सम्मानमा महत्वपूर्ण टेवा दिएको बताउनुभयो । स्कुल सञ्चालनमा सबैको साथ र सहयोग महत्वपूर्ण रहने बताउनुभयो । रामपुर नगरपालिका सल्लाहाकार विष्णु माया ढकालले सन्तान घर बाहिर हुँदा हुने पिडा भुलाउन स्कुलले सहयोग गर्ने बताउनुभयो ।

नेपाली कांग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराईले जेष्ठ नागरिक खुशी बनाउन नगरपालिकाले चालेको कदमको प्रसंशा गर्नु भएको थियो । नेकपा एमाले रामपुर नगर कमिटी सचिव लोकनाथ भट्टराईले जेष्ठ नागरिक स्कुल देश कै नमुनाको रुपमा स्थापना भएको बताउँदै उद्देश्य प्राप्तिको शुभकामना दिनुभयो । नेपाली कम्युनिष्ट पार्टी नेकपा रामपुर कार्यदलका सदस्य कमल सेनले निरस जीवन विताई रहनु भएका जेष्ठ नागरिकहरुको लागि नगरपालिकाले महत्वपूर्णकार्यगरेको बताउनुभयो । राष्ट्रिय जनमोर्चा रामपुर नगर अध्यष राम प्रसाद गैरेले यस किसिमको अभ्यास देशै भर हुनु आवश्यक रहेको बताउनुभयो ।

जेष्ठ नागरिक स्कुलका लागि आवश्यक भौतिक संरचना निर्माणमा सङ्घ, प्रदेश, स्थानीय सरकार एक करोड २६ लाख भन्दा बढी खर्च भएको व्यवस्थापन समिति अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिनुभयो । साथै विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले  सहयोग गरेकोमा सम्मान गरिएको छ । जेष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवास, जेष्ठ नागरिक केन्द्र र आचार्य निवास सहित तीन वटा भवन संगै प्रतिक्षालय निर्माण गरिएको छ । साथै परम्परागत सामग्रीहरु ढिँकी, जाँतो समेत निर्माण गरिएको छ । जेष्ठ नागरिक स्कुलमा तीन सय भन्दा बढी जेष्ठ नागरिकहरुले नाम दर्ता गरिसक्नु भएको जेष्ठ नागरिक संघ रामपुरका नगर अध्यक्ष कृष्ण प्रसाद अर्यालले जानकारी दिनुभयो ।

स्कुल भित्र जेष्ठ नागरिकहरुलाई प्रवचन सुन्ने, भजन कृतन गर्ने, शारीरिक व्यायम, थेरापी, स्वास्थ्य परीक्षण, दिवा खाजाको समेत व्यवस्था गरिएको छ । साथै साँझमा सन्ध्या आरती समेत हुनेछ । जेष्ठ नागरिकहरुलाई आउन र जानका लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको छ ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितको अध्यक्षता, उपप्रमुख बालकुमारी थापाको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको हो । कार्यक्रमको अवसरमा दार्शनिक गुरु योगी विकाशानन्दले जीवन र सुखी जिवनयापन बिषयमा प्रवचन समेत दिनु भएको थियो । साथै दार्शनिक गुरु योगी विकाशानन्दले रामघाटमा शारीरिक, मानसिक तथा आध्यात्मिक ३ दिने प्रबचन दिनुहुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com