2

Logo २०८३ बैशाख १३ आइतबार
सामुदायिक वनका मुद्दा तथा सवाल बिषयक छलफल सम्पन्न

सामुदायिक वनका मुद्दा तथा सवाल बिषयक छलफल सम्पन्न


Sabalnews प्रकाशित मिति : आइतबार, मंसिर २२ २०८२
267

पाल्पा।

सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाको आयोजनामा सामुदायिक वनका मुद्दा तथा सवाल बिषयक छलफल कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा बन महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक बनलाइ सरकारले जरै खन्न खोजेको बताउदै लुम्बिनी प्रदेश सरकार अझ प्रदेश नै बनको करबाट चलाउने दाउमा रहेको बताउनु भएको छ । उहाँले बन र जिबिकोपार्जनले स्थानीयको जीवन स्तर उकास्न प्रेरित गरेको बताउदै वन संग सम्बन्धित खेती गर्न उपभोक्तालाई प्रेरित गर्नुभयो । सरकार करका नाममा सामुदायिक बनलाइ निचिर्न खोजेको भन्दै यस्तो हुन नदिन बन महासंघ सधै आन्दोलनरत रहेको उहाँको भनाई थियो ।

निस्दी गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले सामुदायिक बनका मुद्दा र सवाल धेरै छ्न यस्को समस्या समाधानका लागि स्थानीय सरकार तत्पर रहेको बताउनुभयो । अब निस्दीले सरोकारवाला राखेर वन ऎन बनाउने उहाँले जोड दिनुभयो ।
सामुदायिक बन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले स्थानीय सरकारले बाटो बनाउछ बनलाइ थाहा हुदैन, भवन लगाएत संरचना बनाउछ बनलाइ थाहा दिदैन,डम्पिङ साइड बनाउछ थाहा हुदैन भन्दै बन सानो या ठुलो भन्दा पनि यसले पानीका मुल संरक्षण र सस्कृतिमा संरक्षण गरेको बताउनुभयो । स्थानीय सरकार र सामुदायिक बन मिलेर काम गर्न जरुरी रहेको उहाँको भनाई छ।

रामपुर सब डिभिजन बन कार्यालयका प्रमुख मेघनाथ काफ्ले करको दायरामा ल्याइएको सामुदायिक बनलाई नाफा मुखी सस्थाको जस्तो तिराउनु राम्रो नभएको बताउदै कार्ययोजना बनाउन साना बनहरुमा नितिगत समस्या रहेको बताउनु भएको छ ।

रामपुर नगरपालिका वडा न. ३ का वडाध्यक्ष दामोदर पाठकले नाप गर्दा साध छुट्टाउदा लापरबाही हुने गरेको बताउनुभयो । रामपुर नगरपालीकाले बन ऎन जारी गरेको बताउदै मिलेर जानू र उपभोक्ता र सरकार बिच हुने नीतिगत अस्पष्टतालाई चिर्दै जानूपर्ने बताउनुभयो ।

रैनादेबी छहरा बन महासंघका अध्यक्ष कृष्ण आत्रेयले कार्ययोजनामा समस्या आएको, स्थानीय सरकाले बन ऎन बनाउदा सामुदायिक बन संग छलफल नभएको नितिगत समस्या भएको बताउनुभयो । स्थानीयले संरक्षण गरेको बन बिकासका नाममा बनलाइ सर सल्लाह नगरी बन किन चाहियो? भन्दै काम गरिन्छ नितिगत समस्याका कारण रहेको उल्लेख गर्नुभयो ।बन महासंघ पुर्वखोलाका अध्यक्ष सम्झना न्यौपानेले समस्या आफ्नोमा नआएको तर उस्तै खालको रहेको बताउनुभयो ।

छलफलमा विभिन्न सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधिले कार्ययोजना, नाप नक्सा, आफ्नै वन भए पनि काठ ल्याउन र घर बनाउन नपाएको समस्याका सवाल राख्नुभएको थियो ।

सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रमको सन्चालन महासंघ रामपुरका अध्यक्ष बिन्दु श्रेष्ठको संचालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com