विपन्न परिवारलाई न्यानो कम्बल र हाइजिन किट बितरण
बर्दिया ।
“अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नारा सहित अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस डिसेम्बर ३, २०२५ को अवसरमा ठाकुरबाबा नगरपालिका र प्लान इन्टरनेशनल नेपाल, बि-ग्रुप र गेरुवा ग्रामीण जागरण सङ्घको साझेदारीमा ठाकुरबाबा नगरपालिकाका ९ वटै वडामा अपाङ्गता भएका १२० जना विपन्न परिवारलाई न्यानो कम्बल र हाइजिन किट उपलब्ध गराइएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा रहेका नकारात्मक भावनाहरूमा परिवर्तन ल्याई अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउने कार्यलाई प्राथमिकतामा राखेर ठाकुरबाबा नगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस नगरपालिकाले नियमित रूपमा अपाङ्गता भएका व्यक्तिहरू छनोट गरि परिचयपत्र वितरण गर्ने, अपाङ्गता भएका व्यक्तिलाई सुरक्षित आवास निर्माणमा पालिकाको तर्फबाट दोब्बर रकम ( ३ लाख ७५ हजार) सहयोग गर्ने, विभिन्न सहायक सामाग्रीहरू वितरण, सीपमूलक तालिम प्रदान , बीउपुँजी उपलब्ध गराउने, छात्रवृति एवं शैक्षिक सामाग्री सहयोग ,अपाङ्ग मैत्री संरचना निर्माण जस्ता विविध कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।
अपाङ्गता भएका व्यक्तिको उचित स्याहार सुसार गर्दै आउनु भएका परिवारका सदस्यलाई नमन र हृदयैदेखि सम्मान गर्दै अपाङ्गताको क्षेत्रमा हामीलाई विभिन्न कार्यक्रम मार्फत सहयोग गर्नुहुने प्लान नेपाल, वि ग्रुप, वाटर एड, वेस संस्था ,गेरुवा ग्रामीण जागरण सङ्घ, दलित महिला उत्थान सङ्घ, आई एन एफ , राष्ट्रिय अपाङ्गता महासङ्घ नेपाल लगायत सहयोगी सङ्घसंस्थालाई धन्यवाद व्यक्त गरेको छ ।