2

Logo २०८३ बैशाख १३ आइतबार
दोस्रो भम्बक युनाइटेड कप शुरु, उद्घाटन खेलमा पाल्पा भलिबल क्लबले सोझो सेटमा जित निकाल्यो

दोस्रो भम्बक युनाइटेड कप शुरु, उद्घाटन खेलमा पाल्पा भलिबल क्लबले सोझो सेटमा जित निकाल्यो


Sabalnews प्रकाशित मिति : बुधबार, मंसिर १८ २०८२
190

पाल्पा।

पाल्पाको रामपुर क्लव स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता शुरु भएको छ । भम्बक युनाईटेड युथ क्लवको ११ औं वार्षिक उत्सवको अवसरमा दोस्रो भम्बक युनाइटेड कप २०८२ अन्तर्गत प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग र पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले अन्तराष्ट्रिय भलिबल रेफ्री तहल सिं थापालाई भलिबल हस्तान्तरण गर्नुहुँदै खेल शुरुवात गर्नुभयो । शुभकामना मन्तव्य राख्दै श्रेष्ठले  रामपुर पछिल्लो समय खेलकुदको हबको रुपमा विकसित हुँदै गएको र रामपुरको पहिचानलाई थप स्थापित बनाएको बताउनुभयो । भलिबल ब्राण्डको यस खेललाई स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले अनुशासित, खुसी र निरोगिताको लागि खेलकुद महत्वपुर्ण रहेको बताउनुभयो । राष्ट्रलाई चिनाउन खेलकुद महत्वपूर्ण रहेजस्तै भलिबलले भम्बक खेल मैदान निर्माणमा थप इट्टा थपेको र  आगामी वर्ष एक तर्फी प्याराफिट निर्माणको लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रामपुर नगरपालिका ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले खेलकुदले युवाहरुमा एकता, सद्भाव राख्दै सिर्जजशिल बन्न प्रेरित गर्ने बताउनुभयो । निवर्तमान वडाध्यक्ष क्याप्टेन हिमाल मल्लले खेलाडीले राष्ट्रको गरिमा उच्च बनाएपनि खेलाडीलाई राज्यले नचिनेको बताउनुभयो ।उद्घाटन कार्यक्रम भम्बक युनाईटेड युथ क्लवका अध्यक्ष बालकृष्ण कुमालको अध्यक्षता रामपुर आधारभुत विद्यालयका विद्यार्थीद्धारा स्वस्ती बाचन  संस्थापक सचिव गोविन्द प्रसाद भट्टराईको स्वागत र शालिकराम खनालको सञ्चालनमा भएको हो ।

आगामी मंसिर २० गते सम्म भम्बक खेल मैदानमा चल्ने प्रतियोगितामा पाँच क्लवको सहभागीता रहेको छ । प्रतियोगितामा पाल्पा भलिबल क्लव, न्यू होराईजन स्पोट्र्स क्लव रुपन्देही, आयोजक भम्बक युनाईटेड युथ क्लव, नरेठाँटी गल्कोट र ठकुरी समाज शुक्लागण्डकी तनहुँको सहभागीता रहेको खेल संयोजक अनुप मल्लले बताउनुभयो ।

मंगलबार भएको उट्घाटन खेलमा पाल्पा भलिबल क्लवले न्यू होराइजन स्पोट्स क्लव रुपन्देहीलाई ३–० को सोझो सेटमा पराजित गर्दै जित निकालेको छ । पहिलो, दोस्रो र तेस्रो सेट २५–२१, ३०–२८ र २५–२१ अंक सहित पाल्पा भलिबल क्लवले सेट हात पारेको थियो ।

 भम्बक खेलमैदानमा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश नगद दुई लाख, एक लाख, ५० हजार र ३० हजार रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीलाई नगद १० हजार र अन्य पाँच विद्यामा उत्कृष्टलाई ५/५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

रामपुर नगरपालिकाको संरक्षकत्वमा जिल्ला भलिबल संघ पाल्पाको समन्वय, रामपुर उद्योग वाणिज्य संघ, रामपुर भलिबल संघ र नगर खेलकुद विकास समितिको सहकार्यमा प्रतियोगिता भएको हो ।

खेल अवलोकनका लागि सेमिफाइनल अघि प्रवेश शुल्क १ सय रुपैयाँ र सेमिफाईनल तथा फाइनल खेल अवलोकनका लागि २ सय शुल्क लाग्नेछ । विद्यार्थीका लागि प्रवेश शुल्कमा ५० प्रतिशत छुट, फरक क्षमता भएका अशक्त नागरिक र जेष्ठ नागरिकको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com