2

Logo २०८३ बैशाख १३ आइतबार
सञ्चार मन्त्रालय अन्तर्गतका सबै सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्ध हुने

सञ्चार मन्त्रालय अन्तर्गतका सबै सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्ध हुने


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०८२
190

काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका सबै सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्ध हुने भएका छन्।

आठौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर पहिलो चरणमा सरकारी सञ्चार माध्यमलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सामाजिक सुरक्षा कोष र सम्बन्धित सञ्चारमाध्यमबीच सम्झौता भएको हो।

औपचारिक संघ, संगठन सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने कानुनी व्यवस्था अनुरूप सरकारी सञ्चारमाध्यमलाई औपचारिक रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहीबार आयोजित कोषको आठौँ स्थापना दिवसको अवसरमा सरकारी सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र सम्बन्धित सञ्चारमाध्यममका पदाधिकारीले हस्ताक्षर गरेका छन्। यसरी सम्झौता पत्रमा हस्ताक्षरसहित आदानप्रदान गर्नेमा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, सार्वजनिक प्रसारण सेवा नेपाल (पीएसबी), प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com