2

Logo २०८३ बैशाख १३ आइतबार
वालिङ् नगरपालिका ३ दिने महोत्सव गर्दै, मङ्सिर १७ देखि १९ सम्म महोत्सव चल्ने

वालिङ् नगरपालिका ३ दिने महोत्सव गर्दै, मङ्सिर १७ देखि १९ सम्म महोत्सव चल्ने


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०८२
155

स्याङ्जा

जिल्लाको वालिङ नगरपालिकाले ३ दिने सडक खाना महोत्सवको घोषणा गरेको छ । स्थानीय उत्पादनको बजारीकरण गर्ने,जातिय भेषभुषा, संस्कृतिको प्रस्तुति,स्थानीय कलाकारको प्रस्तुति रहने गरी तयारी गरिएको महोत्सव यही मङ्सिर १७, १८ र १९ गते आँधीखोला करिडोरस्थित पतन्जली, खेलमैदान–सुर्कौदी पुलसम्मको सडक क्षेत्रमा गर्न लागिएकोे बुझिएको छ ।

सडक खाना महोत्सवका लागि आगामी मङ्सिर १५ सम्ममा स्टल बुकिङ गर्न नगरपालिकाले आव्हान गरेको छ । तोकिएको ठाउँमा स्टल राख्न पाइने र यसका लागि प्रतिदिन रुपियाँ ५ सय रुपैयाँ शुल्क तोकिएको नगरपालिकाले जनाएको छ ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सव भब्य बनाउन नगर उपप्रमुख कविता तिवारीलाई संयोजक तोकेको छ ।

नगरपालिकाको आयोजनामा भने यो पहिलोपटक महोत्सव गर्न लागिएको हो । यसलाई सडक खाना महोत्सव नामकरण गरिएको छ । महोत्सवलाई ऐतिहासिक र मौलिक बनाउने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com