2

Logo २०८३ बैशाख १३ आइतबार
आसन्न निर्वाचनको वातावरणलाई स्वच्छ र शान्तिपूर्ण राख्नुपर्छ- नेता कोइराला

आसन्न निर्वाचनको वातावरणलाई स्वच्छ र शान्तिपूर्ण राख्नुपर्छ- नेता कोइराला


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर ५ २०८२
169

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न निर्वाचनको वातावरणलाई स्वच्छ र शान्तिपूर्ण राख्न सबै सरोकारवाला पक्षलाई अपिल गरेका छन् । बाराको सिमरामा हालै भएको झडपको घटनाप्रति लक्षित गर्दै उनले यस्ता गतिविधिले दुवै पक्षलाई असहज स्थितिमा पुर्‍याउने भन्दै संयमता अपनाउन आग्रह गरेका हुन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता कोइरालाले संविधानको रक्षा र मंसिर ४ गते हुन गइरहेको आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नु सबै नेपालीको साझा कर्तव्य भएकोमा जोड दिएका छन् । उनले भनेका छन्, ‘हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन् । संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ ।’

बुधबार बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवा समूहबीच भएको झडपले चुनावी सरगर्मीका बीच केही तनाव उत्पन्न गरेको थियो । यस्ता घटनाक्रमले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण सञ्चालनमा चुनौती थप्न सक्ने भन्दै कोइरालाले समयमै सबैलाई सचेत गराएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com