2

Logo २०८३ बैशाख १३ आइतबार
फैजान खानलाई लाग्यो दुर्लभ रोग, सहयोगको अपिल

फैजान खानलाई लाग्यो दुर्लभ रोग, सहयोगको अपिल


Sabalnews प्रकाशित मिति : आइतबार, मंसिर १ २०८२
204

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिका–४, बस्ने तीन वर्षिय बालक फैजान खानको उपचारमा आर्थिक अभाव खड्किएको छ । दुर्लभ गौचर रोगबाट पीडित फैजानको उपचार जटिल र महंगो भएकाले उपचारका लागि आर्थिक समस्या देखिएको हो ।

असरफ मियाँ र आसिया खातुनको छोरा फैजानको भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान नयाँ दिल्ली उपचार भइरहेको छ । नेपालमा उपचार सुविधा उपलब्ध नभएकाले भारतमा उपचार भैरहेको छ । चिकित्सकहरूले उहाँको बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताएका छन्, जुन अत्यन्तै जटिल र महँगो प्रक्रिया हो ।

बुवा असरफ मियाँ हाल बैदेशिक रोजगारको शिलशिलामा कतारमा हुनुहुन्छ । उहाँको मजदुरी बाटै परिवारको जीविका चल्दै आएको छ । करिब पाँच पटक भारतको नयाँ दिल्लीमा परीक्षण गराएपछि चिकित्सकहरूको सल्लाहअनुसार प्रत्यारोपणको तयारी भइरहेको फैजानका आमा आसिया खातुनले बताउनुभयो ।

चिकित्सकहरूका अनुसार बोन म्यारो ट्रान्सप्लान्टका लागि बिरामीको ११ वर्षीया दिदीको रगत उपयुक्त देखिएको छ । सफल प्रत्यारोपणको सम्भावना बढाएको छ तर परिवारको सिमित आम्दानीले उपचार खर्च असम्भव भएको उहाँले बताउनुभयो । खातुनका अनुसार परिवारले सकेसम्म प्रयास गरेपनि आवश्यक रकम जुटाउन सक्ने अवस्था आएको छ ।

उपचारमा धेरै रकम खर्च हुने भएकाले सहयोगको लागि परिवारले अनुरोध गरेको छ । आमा आसिया खातुनले भन्नुभयो, ‘तपाईहरु सबैको सानो सहयोगले फैजानको जीवन बचाउन सकिन्छ । कृपया आर्थिक सहयोग गरेर यो कठिन घडीमा परिवारलाई साथ दिनुहोस् । तपाईको सहयोगले मेरो छोरालाई नयाँ जीवन प्राप्त गर्नेछ ।’

रामपुर नगर स्थित सामाजिक व्यक्तित्वहरुले पनि उपचारको लागि सहयोग गर्न अपिल गरेको छ । सहयोगका लागि आमा असिया खातुनलाई ९७०२७३९६९८/९१ ८४४८४६७५९३ नम्बरमा सम्पर्क गरेर वा ग्लोबल आईएमई बैंक रामपुर शाखामा रहेको बुवा असरफ मियाँको खाता नं. ०३३०७०१०११६०१५ मा रकम जम्मा गर्न सक्नुहुनेछ । साथै तल रहेको फोटोको क्यूआर कोडमा पनि रकम जम्मा गर्न सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com