2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा गाउँपालिकाले पनि ल्यायो दमकल

पाल्पामा गाउँपालिकाले पनि ल्यायो दमकल

जापान सरकारको सहयोगमा रैनादेवीछहरा गाउँपालिकाले ल्यायो दमकल

Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक १४ २०८२
260

पाल्पा ।

पाल्पा जिल्लाको रैनादेवीछहरा गाउँपालिकाले आगलागी नियन्त्रण, सडक दुर्घटना र अन्य आकस्मिक विपद् व्यवस्थापनका लागि जापान सरकारको सहयोगमा अत्याधुनिक दमकल ल्याएको छ । गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईको नेतृत्वमा युनाइटेड मिसन अस्पताल पाल्पाको सहजीकरण जापान सरकारले यो सहयोग गरेको हो ।

बिहिबार काठमाडौँमा एक कार्यक्रम गरि जापानिज दूतावासका प्रतिनिधिहरूले पालिका अध्यक्ष भट्टराई सहित प्रतिनिधिलाई  दमकल हस्तान्तरण गरेको छ । यो सहयोगले नेपाल–जापान मैत्री सम्बन्धलाई अझ बलियो बनाएको सहभागी प्रतिनिधिले बताएका छन् ।

 रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले यो सहयोग गाउँपालिकाका लागि ठूलो उपलब्धि भएको बताउनुभयो । दमकल केवल एउटा सवारी साधन मात्र नभई समुदायको सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने जीवनरक्षक भएकोले यसको व्यबस्थापन र कार्यान्वयनमा ध्यान दिने बताउनुभयो ।

अध्यक्ष भट्टराईले जापान सरकार र युनाइटेड मिसन अस्पताल पाल्पालाई धन्यवाद दिदै गाउँपालिकाको सुरक्षा र सेवा प्रवाहमा थप हौसला बढाएको उल्लेख गर्नुभयो । बढी आगोलागी डढेलो लाग्ने ठाउँ हो, संचालन कार्यबिधी अनुसार प्रयोगमा ल्याउने पालिकाले जनाएको छ । पहिले घटना घटेमा नगरपालिकाबाट दमकल बोलाउनुपर्ने अबस्था थियो अब पश्चिम क्षेत्र र छिमेकी पालिकालाई समेत सहज हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com