2

Logo २०८३ बैशाख १३ आइतबार
नवनियुक्त दुई मन्त्रीले लिए सपथ, स्वास्थ्यमन्त्रीमा डा.गौतम र युवा खेलकुदमा गुप्ता

नवनियुक्त दुई मन्त्रीले लिए सपथ, स्वास्थ्यमन्त्रीमा डा.गौतम र युवा खेलकुदमा गुप्ता


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक १० २०८२
386

काठमाडौँ ।

नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपतिको कार्यालय शित्तल निवासमा आयोजित कायर्क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा गौतम र बब्लु गुप्तालाई मन्त्री पदको पद तथा गोपनियताको शपथ गराएका हुन् । गौतमलाई स्वास्थ्य र गुप्तालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीसहित सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यस अघि खगेन्द्र सुनारको नाम मन्त्रीको सुचिमा रहेपनि उनी विरुद्ध विभिन्न अदालतमा मुद्धा रहेकोले उनको नाम फिर्ता लिइएको छ । त्यस्तै सांस्कृतिक अभियन्ताको पहिचान बनाएका गणपतिलाल श्रेष्ठलाई भुमि सुधार मन्त्रालयको जिम्मेवारी दिन खोजिएपछि उनको पनि आज शपथ हुन नसकेको बताइएको छ ।

हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com