2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा टाेकाहा कुकुरलाई मारियाे

पाल्पामा टाेकाहा कुकुरलाई मारियाे


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक ७ २०८२
337

पाल्पा ।

केही दिनयता जिल्लाकाे रिव्दीकाेट हार्थाेक क्षेत्रमा बाैलाहा कुकुरले टाेकेर आतङ्क मच्चाएकाे छ । यस क्षेत्रमा मानिस तथा जनावरलाई देखे भुस्याहा कुकरले झम्टिने र टाेक्ने गरेकाे स्थानीय बासिन्दाले बताएका छन् ।

हार्थाेक क्षेत्रमा मात्रै केही दिनयता १० जना भन्दा बढी मानिसलाई टाेकेर घाइते बनाएकाे स्थानीय राधाकृष्ण दंगालले बताउनुभयाे । तिहारकाे भाइटीकाकाे दिन पनि दुई जना आफन्तलाई टाेकेर घाइते बनाएकाे उहाँले बताउनुभयाे ।

घाइतेहरूकाे उपचार तानसेनमा भइरहेकाे छ । कुकुरलाई सिधैँ मार्न नपाइने कानुनमा व्यवस्था छ । यही कारण अहिले जिल्लाकाे अन्य स्थानमा पनि भुस्याहा कुकुरले समस्या सिर्जना गरेकाे स्थानीय बासिन्दाकाे गुनासाे छ ।

यसैवीच स्थानीय बासिन्दा हार्थाेक क्षेत्रमा दुई वटा भुस्याहा कुकुरलाई मारेकाे हार्थाेकका स्थानीय बासिन्दाले जनाएका छन् । पछिल्लाे समय मानिसले पालेका कुकुरलाई जथाभावी छाड्नाले भुस्याहा कुकुरकाे आतङ्क बढेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com