2

Logo २०८३ बैशाख १३ आइतबार
जिल्लाकै सर्वाधिक राशीको “ज्योतिपुञ्ज कप” को उपाधी आयोजक ज्योतिपुञ्ज युवा क्लबलाई

जिल्लाकै सर्वाधिक राशीको “ज्योतिपुञ्ज कप” को उपाधी आयोजक ज्योतिपुञ्ज युवा क्लबलाई


Sabalnews प्रकाशित मिति : सोमबार, कार्तिक ४ २०८२
351

पाल्पा ।

आयोजक ज्योतिपुञ्ज युवा क्लव रामपुर तेस्रो “वाईवाई ज्योतिपुञ्ज कप”को उपाधी जित्न सफल भएको छ । प्रस्तावित ज्योतिपुञ्ज रंगशाला किसानबारीमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा युनाइटेड युथ क्लब गिरबारीलाई १-०गोलले ज्योतिपुञ्ज कपको उपाधी जित्न सफल भएको हो ।

खेलको ७४ मिनेटमा आयोजक टिमका जर्सी नम्बर ५ का सुमित श्रेष्ठले गरेको गोल नै निर्णायक बनेको हो । फाइनल खेल शुरुबाटै आक्रामक भएपनि अन्ततः सोही गोल निर्णायक बनेको हो । बिजेता भए संगै आयोजक ज्योतिपुञ्ज युवा क्लबले नगद ३ लाख ५० हजार पुरस्कार सहित ट्रफी प्राप्त गरेको छ ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगितामा युनाईटेड युथ क्लव गिरुवारी उपबिजेतामा चित्त बुझाएको छ । उपबिजेता भएसंगै युनाइटेड युथ क्लबले नगद २ लाख पुरस्कार हात पारेको छ । युनाईटेड युथ क्लव गिरुवारी गतबर्षको विजेता टिम हो ।

आयोजक ज्योतिपुञ्ज देवदह ब्वाईज संगै सेमिफाइनलमा भिडेर फाइनलमा प्रबेश गरेको थियो भने युनाइटेड युथ क्लब गिरबारी अभिषेक चर्च रजहर, नवलपुरलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

सोमबार भएको फाइनल खेलको प्लेयर अफ दि फाइनल म्याच खेलको एकमात्र गोलकर्ता सुमित श्रेष्ठले प्राप्त गरे भने जया गुरुङ रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याच हुन सफल भए । प्लेयर अफ दि म्याच र रेडबुल इनर्जेटिक प्लेयरलाई पुरस्कार प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना र जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) ले क्लबका अध्यक्ष सुन्दर राना सहितले प्रदान गर्नुभयो ।

सेमिफाइनलमा पुग्न सफल देवदह ब्वाईज र अभिषेक चर्च रजहरले नगद २५/२५ हजार प्राप्त गरेका छन् ।  प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १७ हजार रुपैयाँ र ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, इमर्जिङ प्लेयर, उत्कृष्ट कोचले जनही ८ हजार प्राप्त गर्नेछ । रामपुर नगरपालिका ७ किसानबारीमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा १० समूहले भाग लिएका थिए ।

ज्योतिपुञ्ज युवा क्लवले तेस्रो संस्करणको प्रतियोगिता ‘फुटबल खेल मैदान निर्माणको अभियान : रामपुरको गौरवमा तपाईको योगदान’ भन्ने नाराको साथ सञ्चालन गरेको हो । तेस्रो संस्करणको प्रतियोगिता खेलमैदान निर्माण सहयोगार्थ सञ्चालन गरिएको क्लवका अध्यक्ष सुन्दर रानाले बताउनुभयो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com