2

Logo २०८३ बैशाख १३ आइतबार
आयोजक ज्योतिपुञ्ज युवा क्लब फाइनलमा प्रबेश, युनाईटेड युथ क्लव गिरुवारी संग भिड्ने

आयोजक ज्योतिपुञ्ज युवा क्लब फाइनलमा प्रबेश, युनाईटेड युथ क्लव गिरुवारी संग भिड्ने


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक ३ २०८२
309

पाल्पा ।

आयोजक ज्योतिपुञ्ज युवा क्लव रामपुर तेस्रो “वाईवाई ज्योतिपुञ्ज कप” को फाइनलमा प्रवेश गरेको छ । रामपुरमा प्रस्तावित ज्योतिपुञ्ज रंगशाला किसानबारीमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको दोस्रोे सेमिफाइनल खेलमा देवदह ब्वाईज, रुपन्देहीलाई ३–२ ले पराजित गर्दै आयोजक फाइनलमा पुग्न सफल भएको हो ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको यश प्रतियोगिता सोमबार सकिनेछ । आइतबार भएको अन्तिम सेमिफाइनल खेलबाट फाइनलमा पुगेको आयोजक ज्योतिपुञ्ज क्लबले पहिलो सेमिफाईनलमा गतबर्षको विजेता युनाईटेड युथ क्लव गिरबारी संग भिड्नेछ ।

आइतबार आयोजक संगको खेलको शुरुवाती १४ औं मिनेटमा सुरज चौधरीले गोल गर्दै देवदह ब्वाईज रुपन्देहीलाई अग्रता दिलाए। तर देवदहको अग्रतालाई २६ औं मिनेटमा ज्योतिपुञ्ज क्लबका सुमित श्रेष्ठले गोल फर्काएर बराबरीमा बनाए । लगतै ३७ औं मिनेटमा पुनः ज्योतिपुञ्जका लागि निरज चौधरीले गोल गरेर अग्रता बढाउन सफल भएका थिए । पहिलो हाफमा २–१ को अन्तरमा खेल सकियो ।

दोस्रो हाफमा खेलको ४७ औं मिनेटमा पुनः निरज चौधरीले गोल गरेर ज्योतिपुञ्जलाई थप बलियोे स्थानमा पुर्याएका थिए । तर देवदहकै सुरज चौधरीले ५९ औं मिनेटमा पुनः एक गोल थप्दै अग्रता घटाउन सफल भए । खेलमा विजयी भए संगै आयोजक उपाधिको नजिक पुगेको छ । दुई गोल गर्ने ज्योतिपुञ्ज युवा क्लबका निरज चौधरी प्लेयर अफ दि म्याच बन्दै नगद ३ हजार प्राप्त गरे । त्यस्तै रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याच ज्योतिपुञ्जका सुमित श्रेष्ठ घोषित हुँदै गिफ्‌ट ह्याम्पर प्राप्त गर्नु भएको छ । प्लेयर अफ दि म्याच र रेडबुल इनर्जेटिक प्लेयर भएका खेलाडीलाई अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना र जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) ले  पुरस्कृत गर्नु भएको थियो ।

यस अघि  आयोजक ज्योतिपुञ्जले सोमबार हुने फाइनल खेलमा उपाधिका लागि डिफेन्डिङ च्याम्पियन युनाइटेड युथ क्लब गिरुबारी नवलपुरसंग प्रतिस्पर्धा गर्नेछ । सोमबार समापनको अवसरमा १:३० देखि औपचारिक कार्यक्रम सुरु संगै फाईनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता समूहले नगद ३ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनल पराजित टिम देवदह ब्वाईज र अभिषेक चर्च रजहरले नगद २५/२५ हजार प्राप्त गरेको छ ।  प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १७ हजार रुपैयाँ र ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, इमर्जिङ प्लेयर, उत्कृष्ट कोचले जनही ८ हजार प्राप्त गर्नेछ । रामपुर नगरपालिका ७ किसानबारीमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा १० समूहले भाग लिएका थिए ।

ज्योतिपुञ्ज युवा क्लवले तेस्रो संस्करणको प्रतियोगिता ‘फुटबल खेल मैदान निर्माणको अभियान: रामपुरको गौरवमा तपाईको योगदान’ भन्ने नाराको साथ सञ्चालन गरेको हो । तेस्रो संस्करणको प्रतियोगिता खेलमैदान निर्माण सहयोगार्थ सञ्चालन गरिएको क्लवका अध्यक्ष सुन्दर रानाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com