2

Logo २०८३ बैशाख १३ आइतबार
देवदह ब्वाईज रुपन्देही राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

देवदह ब्वाईज रुपन्देही राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक १ २०८२
330

पाल्पा ।

उत्कृष्ट जितका साथ देवदह ब्वाईज रुपन्देही पाल्पामा जारी वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा देवदहले सुर्यपुर फुटबल क्लब, चितवनलाई ४–२ को अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । रामपुर नगरपालिका ७ किसानबारी खेल मैदानमा भएको खेलमा देवदहका लागि चारै गोल आशिष खत्रीले गरे । उता पराजित सुर्यपुरका लागि भने मोहित गुरुङ र रिचार्ड विलसनले १/१ गोल गरेका थिए ।

खेलमा देवदह ब्वाईजका आशिष खत्री प्लेयर अफ दि म्याच भए । देवदह ब्वाईज कै सुरज चौधरी रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत कार्तिक १ गते शनिबारको पहिलो सेमिफाइनल खेल अभिषेक चर्च एफसी, नवलपुर र साविक विजेता युनाइटेड युथ क्लब, नवलपुरबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।

ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक ३ गते हुने क्लबका अध्यक्ष सुन्दर रानाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com