सुनचादीको मुल्यमा वृद्धि प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार
काठमाडौं ।
नेपाली सुनचाँदीको मुल्यले बजारमा आज इतिहास रचेको छ । शुक्रबार छापावाला सुनको मूल्यले अहिलेसम्मकै उच्च विन्दु छोएको छ, जसले लगानीकर्ता र उपभोक्ता दुवैमाझ नयाँ तरङ्ग पैदा गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुन प्रति तोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य हिजो बिहीबारको तुलनामा उल्लेख्य वृद्धि हो, जहाँ सुन प्रति तोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । बिहीबार प्रति तोला ३ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी, आज बढेर ३ हजार ३५० रुपैयाँ पुगेको छ।