2

Logo २०८३ बैशाख १३ आइतबार
ए डिभिजन क्लव हिमालयन शेर्पालाई पछि पार्दै अभिषेक चर्च सेमिफाइनलमा

ए डिभिजन क्लव हिमालयन शेर्पालाई पछि पार्दै अभिषेक चर्च सेमिफाइनलमा


Sabalnews प्रकाशित मिति : बिहिबार, असोज ३० २०८२
400

पाल्पा ।

अभिषेक चर्च फुटबल क्लब रजहर, नवलपुर पाल्पामा जारी वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

विहिबार भएको खेलमा ए डिभिजन क्लव हिमालयन शेर्पा काठमाडौलाई ३–२ ले पछि पार्दै अभिषेक चर्चले सेमिफाइनलको यात्रा तय गरेको हो।

खेलको पहिलो हाफमा २–० को अग्रता बढाएको हिमालयन शेर्पा माथि दोस्रो हाफमा अभिषेक चर्चले ३-२ को जित निकालेको हो । हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले पहिलो हाफको २३ औं मिनेट र २९ औं मिनेटमा सुजन गुरुङले गोल गर्दै अग्रता थप बलियो बनाए । तर हिमालयनले कायम गरेको अग्रता दोस्रो हाफमा भने टिक्न सकेन ।

खेलको ५४ औं र ७८ औं मिनेटमा अभिषेक चर्चका लागि विक्की चौधरीले गोल गर्न सफल भए। अभिषेक चर्चको लागि अर्का खेलाडी युवराज ढकालले खेलको ६६ औं मिनेटमा गोल गरेका थिए । २/२ गोलको बराबरीमा आक्रामक र रोमान्चक बन्दै गरेको खेल अन्तत: विक्कीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेल अवधिभरमा दुईगोल गर्न सफल अभिषेक चर्चका विक्की चौधरी खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद ३ हजार प्राप्त गर्न सफल भए । साथै युवराज ढकालले रेडबुल इनर्जेटिक प्लेयर अफ दि म्याचको उपाधिसगै गिफ्ट ह्याप्पर प्राप्त गरे ।

अभिषेक चर्चले प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा डिफेन्डर च्याम्पियन युनाईटेड युथ क्लव गिरुबारी, नवलपुर संग कार्तिक १ गते प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । आयोजक ज्योतिपुञ्ज युवा क्लव पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आयोजकले भोलि शुक्रबार हुने अन्तिम क्वाटरफाईनल खेलका विजेता टिम संग कार्तिक २ गते सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत असोज ३१ गते शुक्रबार चौथो तथा अन्तिम क्वाटरफाइनल खेल देवदह ब्वाईज, देवदह, रुपन्देही र सुर्यपुर फुटबल क्लब चितवनबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते हुनेछ ।
प्रतियोगिताको विजेता समूहले नगद ३ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com