2

Logo २०८३ बैशाख १३ आइतबार
आइसीसी टी-२० विश्वकप प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्समा नेपालद्दारा ओमान ३८ रनले पराजित

आइसीसी टी-२० विश्वकप प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्समा नेपालद्दारा ओमान ३८ रनले पराजित


Sabalnews प्रकाशित मिति : बुधबार, असोज २९ २०८२
358

काठमाडौं ।

आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गतको तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ ।

ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

नेपालले दिएको १५२ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनायो।

ओमानका लागि विनायक शुक्लाले सर्वाधिक १९ बलमा १ चौका र ३ छक्कासहित ३२ रन बनाए। उनी १७.४ ओभरमा सोमपाल कामीको बलमा गुल्सन झाको हातमा क्याच भए।

मोहम्मद नदिमले २५ रन बनाए। उनले ३१ बलमा १ छक्का प्रहार गरे। कप्तान जितेन्द्र सिंहले १४ रन बनाउँदा आर्यन विश्टले ११ रन बनाए।

नेपालको लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

नेपालले पहिलो विकेटको रुपमा ७.३ ओभरमा आसिफ शेखको विकेट गुमायो। आसिफले कुशल भुर्तेलसँग पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए। त्यसपछि भने लगातार २ विकेट गयो । कप्तान र उपकप्तान सस्तैमा पेभेलियन फर्किए।

कुशल मल्लले यो प्रतियोगिता अवधिभर नै राम्रो ब्याटिङ गर्न सकेनन्। आजको खेलमा पनि कुशल मल्ल ११.४ ओभरमा ७ रन बनाउँदै क्याच आउट भए। यो नेपालको चौथो विकेट थियो।

पाँचौँ विकेटका लागि कुशल भुर्तेलसँग आदिल आलमले ४० रनको साझेदारी गरे । उनले १५ बलमा ३ चौकासहित १६ रन बनाए।

छैटौँ विकेट कुशल भुर्तेलको विकेट गयो। सातौँ विकेटको रुपमा गुल्सन झाले १० बलमा २ छक्कासहित १८ रनमा विकेटकिपरको हातमा क्याच हुँदै पेभेलियन फर्किए।

नन्दन यादव ९ रनमा अन्तिम बलमा रनआउट हुँदा सोमपाल कामी १ रनमा अविजित रहे।

ओमानका लागि नदिम खानले सर्वाधिक ४ विकेट लिए। सेफ्यान मेहमुद र जितेन कुमार रमानन्डीले २–२ विकेट लिए।

आजको खेलमा ओमानलाई हराउँदा नेपालले जारी प्रतियोगिताको ट्रफी जित्ने सम्भावना बलियो बनाएको छ। हालसम्म अपराजित रहेको ओमानलाई नेपालले घरेलु मैदानमा हराएको हो। अब ओमानले शुक्रबार जापानसँग खेल्नेछ। नेपालले पनि शुक्रबार सामाओसँग खेल्नेछ।

आज दिउँसो भएको खेलमा यूएईले सामाओलाई पराजित गर्दा शीर्ष २ मा रहेका नेपाल र ओमान दुवै टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी२० विश्वकपमा स्थान बनाइसकेका छन्।

यो क्षेत्र छनोटबाट अब १ टिमले भारत र श्रीलंकामा हुने विश्वकपमा स्थानमा बनाउनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com