वाईवाई ज्योतिपुञ्ज कपको दोस्रोखेलमा सुर्यपुर एफ सि बिजयी
पाल्पा ।
वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप दोस्रो दिनको खेलमा सुर्यपुर एफ सि चितवनले जित निकालेको छ । होराइजन क्लब वालिङ स्याङ्जा संग भिडेको सुर्यपुरले ०-२ गोलले खेल जितेको हो ।
होराइजन यस अघिको दुई वटै सस्करणमा सुरुवातमै बाहिरिएको थियो । अन्ततः तेस्रो सस्करणमा पनि त्यो सिलसिला दोहोरिएको छ ।
असोज २६ गतेबाट पाल्पाको रामपुरमा शुरु भएको राष्ट्रिय स्तरको वाईवाई तेस्रो ज्योतिपुञ्ज कप कार्तिक ३ गतेसम्म चल्नेछ । खेलमा बिभागिय टिम सहित १० टिमले भाग लिएका छन् । जिल्लामा नै सर्वाधिक पुरस्कार राशी रहेको यो खेलबाट प्रस्ताबित ज्योतिपुञ्ज रंगशाला निर्माण गरि खेल र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्य लिइएको छ ।
यसैबिच मंगलबार तेस्रो दिन घरेलु टोली मैदानम उत्रने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो ।