2

Logo २०८३ बैशाख १३ आइतबार
तेस्रो ज्योतिपुञ्ज कप: सुर्यपुर फुटबल क्लब क्वाटरफाइनलमा प्रबेश

तेस्रो ज्योतिपुञ्ज कप: सुर्यपुर फुटबल क्लब क्वाटरफाइनलमा प्रबेश


Sabalnews प्रकाशित मिति : सोमबार, असोज २७ २०८२
393

पाल्पा ।

पाल्पाको रामपुरमा जारी वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा सुर्यपुर फुटबल क्लब, चितवन प्रवेश गरेको छ ।

सोमबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ सुर्यपुरले होराईजन क्लब, स्याङ्जालाई २–० ले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । सुर्यपुरको जितमा आशिष थिङ र बिक्की चाम्लिङ राईले गोल गरे ।

खेलको म्यान अफ दि म्याच सुर्यपुरका आशिष थिङ बने । रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याच सुर्यपुर कै अर्का गोलकर्ता बिक्की चाम्लिङ राई घोषित भए ।

प्रतियोगिता अन्तर्गत असोज २८ गते मंगलबारको पहिलो क्वाटरफाइनल खेल आयोजक ज्योतिपुञ्ज युवा क्लब रामपुर, पाल्पा र भैरव स्पोर्टस क्लब, नवलपरासीबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिनुभयो ।

ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक ३ गते हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com