2

Logo २०८३ बैशाख १३ आइतबार
“लालीगुराँस कप” राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लबलाई

“लालीगुराँस कप” राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लबलाई


Sabalnews प्रकाशित मिति : शनिबार, असोज २५ २०८२
491

पाल्पा ।

पाल्पामा सञ्चालन भएको प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लब, बुटवल, रुपन्देहीले जितेको छ । जिल्लाको रामपुर नगरपालिका ५ मेटरी स्थित खेलमैदानमा खस्यौली र आयोजक एलजी एसोसिएशन बीच भएको फाइनल खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि टाईब्रेकरमा खस्यौली २–० ले विजयी बन्दै च्याम्पियन बनेको हो ।

विजेता बनेको खस्यौलीले उपाधिसहित नगद २ लाख हात पारेको छ । उपविजेतामा चित्त बुझाएको एलजी एसोसिएशनले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्‍यो । सेमिफाइनल पुगेका टोलीले जनही २५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको खेल संयोजक आदेश रानाले जानकारी दिनुभयो । खस्यौलीका नबिन मश्राङ्गी फाइनल खेलको म्यान अफ दि म्याच र उत्कृष्ट गोलरक्षकमा समेत आफ्नो नाम लेखाए । त्यस्तै अन्य विधातर्फ उत्कृष्ट पुरस्कार पनि आयोेजकले प्रदान गरेको छ । उत्कृष्ट विधा अन्तर्गत उत्कृष्ट डिफेन्डर एलजीका अरविन कुमार धामी, उत्कृष्ट मिडफिल्डर खस्यौलीका सरोज दर्लामी चुनिए । उत्कृष्ट फरवार्ड एलजीका सन्तोष गोङबा, सर्वाधिक गोलकर्ताको पुरस्कार एलजी कै सुनिल थापाले हात पारे । प्रतियोगिताको फेयर प्ले टिम देवदह ब्वाईज, रुपन्देही बन्यो ।

समापनका अबसरमा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी आयोजक एलजी कै सुनिल थापा घोषित भएका छन् । क्लबका अध्यक्ष मधुसुदन पोखरेलको अध्यक्षतामा भएको खेल समापन कार्यक्रममा प्रमुख अतिथी रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा लगायतले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

लालीगुराँस एसोसियसनको आयोजना, युथ युनियन मटेरीको सहआयोजना, रामपुर नगरपालिका, चापाकोट नगरपालिका सहित नगर खेलकुद समिति लगायतको सहकार्य तथा समन्वयमा चलेको फुटवल खेल प्रतियोगिता समापन कार्यक्रमको सञ्चालन कमल रानाले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com