2

Logo २०८३ बैशाख १३ आइतबार
अन्धकारमुक्ति सहकारीको सेवा केन्द्र स्तरीय ४ वटै सेवा केन्द्रमा कार्यक्रम

अन्धकारमुक्ति सहकारीको सेवा केन्द्र स्तरीय ४ वटै सेवा केन्द्रमा कार्यक्रम


Sabalnews प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२
330

पाल्पा ।

अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्थाको  २७ औं साधारण सभाको लागि सेवा केन्द्र स्तरीय ४ वटै सेवा केन्द्र स्थानमा एकैसाथ सुझाव संकलन सहितको साधारण सभा भएको छ । रामपुर ७ डुम्रीगाउँमा केन्द्रिय कार्यालय रहेको सहकारीले  रामपुर नगरपालिका–९ अर्भसिं, रामपुर नगरपालिका–१० रामटार, रम्भा गाउँपालिका–५ ताँहु, र निस्दी गाउँपालिका–५ ढुङ्गानावेशीमा सेवाकेन्द्र स्तरीय निणर्य प्रमाणितसहित प्रतिनिधिमुलक सभा गरेको हो।

यस्तै कार्यक्रम असोज २४ गते शुक्रबार केन्द्रीय कार्यालय तथा सहयोगी सेवाकेन्द्र अन्तर्गत आबद्ध शेयर सदस्यहरूका लागि शहिद बहुमुखी क्याम्पसमा सम्पन्न गर्ने तयारी गरेको छ।
त्यसपछि कात्तिक १ गते एकाइगत साधारण सभाबाट आएका सुझाबलाई सम्बोधन गर्ने गरि छनोट भएका प्रतिनिधि सदस्यको निणर्य प्रमाणितसहितको साधारण सभा संस्थाको आफ्नै सभाहलमा हुनेछ।

प्रत्येक सेवाकेन्द्रमा भएको कार्यक्रममा नियमित बचतकर्ता, असल ऋणी, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट कारोवारी सदस्य, उत्कृष्ट वाल बचतकर्ता, सफल तथा नमूना व्यवसायी, उत्कृष्ट केन्द्र तथा उत्कृष्ट केन्द्र प्रमुखहरूलाई पुरस्कार प्रदान गरेको छ। साथै, सहकारीले आर्थिक वर्षमा ७० वर्ष पूरा गरेका ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान तथा पेन्सन भत्ता वितरण गर्दै आएको छ । जसमध्ये सहकारीका १४२ जना ज्येष्ठ शेयर सदस्यहरूले मासिक रूपमा भत्ता प्राप्त गर्दै आएका छन्।

पाल्पा जिल्लाभर वित्तीय सेवा विस्तार गरेको सहकारीमा २०८२ साल असार मसान्तसम्म ११ हजार ४ सय ४० जना शेयर सदस्य छन् । १ अर्ब २६ करोड वचत, १ अर्ब ५ करोड ऋण लगानी, र १५ करोड ८३ लाख रुपैयाँ शेयर पुँजी सहित १ अर्ब ६४ करोड बराबरको पुँजी परिचालन गरी ३ करोड ४६ लाख ६१ हजार रुपैयाँ खुद नाफा गर्न सफल भएको जनाएको छ। यसवर्ष सहकारीको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति गठन तथा निर्वाचन हुने समेत हुनेछ ।

अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्थाको  २७ औं साधारण सभाको लागि सेवा केन्द्र स्तरीय ४वटै सेवा केन्द्र स्थानमा एकैसाथ सुझाव संकलन सहितको साधारण सभा भएको छ ।

रामटार सेवा केन्द्रमा भएको कार्यक्रममा सहकारीका शेयर सदस्य तथा वडा न १० का वडा अध्यक्ष तोयानाथ सारुले वडाले सहकारीलाई प्राथमिकता दिएर कार्यक्रम गरेको बताउनुभयो । सहकारी शिक्षा र सहकारी शेयर सदस्यलाई स्वास्थ्य सम्बन्धि कार्यक्रमलाई जोड दिएको बताउदै उहाँले उत्पादन र बजारीकरणमा सहकारीले जोड दिनुपर्ने।बताउनुभयो ।

कृषि व्यबसायलाई मासिक किस्ता होइन उत्पादन दिएपछि किस्ता तिर्ने व्यबस्था गर्न उहाँले।सहकारीलाई सुझाव दिनुभयो । प्रजजन स्वास्थ्य र भान्सा सुधार कार्यक्रम वडाले समन्वय गरेर यसबर्ष समेत चलाउने बताउनुभयो । “ऋण लिएर मात्र हुदैन, सारुले भन्नुभयो- उत्पादन गर्ने र व्यबसाय संग जोडिनुपर्छ।”उहाँले रामपुर १० ले प्याड निशुल्क प्रदान गरेको र
सुत्केरीलाई जिल्लाभर एम्बुलेन्स सेवा र कृषि एम्बुलेन्सको रुपमा कृषि दुर्घटना निम्तिए एम्बुलेन्स सहयोग सञ्चालन गरेको बताउनुभयो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक बिष्णु प्रसाद लम्साल, शेयर सदस्य घनश्याम भट्टराई,ज्ञान प्रसाद भण्डारी, भगवान् अधिकारी, पत्रकार उपेन्द्र अधिकारी, दुर्गादेवी भण्डारी, तेजकुमारी बस्याल, जनुका भट्टराईले सुझाव सहितको शुभकामना दिदै छरिरहेका दिदीबहिनीलाई एकीकृत गर्दै बचत गर्ने बानीको विकास सहकारी भएको र सहकारीबाट थोरै ऋण लिएर पनि राम्रो व्यबसाय गर्न सकिने हुँदा सहकारीको महत्त्व झन् बढ्दै बताएका थिए ।

सस्थाका सचिब ओम प्रकाश बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले सहकारीको अबस्था र भावी योजना बिषयमा जानकारी दिनुभयो । उहाँले ईन्टरनेटको माध्यमबाट एप सञ्चालन गर्ने कृषि र व्यबसायबाट उत्पादित बस्तु बिक्रि र खरिद गर्ने सुबिधा पनि एपबाटै दिने गरि आगामी बर्षमा सस्थाले योजना बनाएको उल्लेख गर्नुभयो ।

सहकारीका सञ्चालक समिति सदस्य मनोरथ भट्टराईको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन ऋण अधिकृत रामचन्द्र ढुङ्गानाले गर्नुभएको हो । सोही अबसरमा सहकारीको प्रभाव र सकारात्मक सन्देश सहितको साङ्गितिक प्रस्तुति देखाइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com