2

Logo २०८३ बैशाख १३ आइतबार
रैनादेवी छहरा गाउँपालिकामा आज बिदा

रैनादेवी छहरा गाउँपालिकामा आज बिदा


Sabalnews प्रकाशित मिति : मंगलबार, असोज २१ २०८२
358

पाल्पा ।

जिल्लाकाे रैनादेवी छहरा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएकाे छ । काेजागत पूर्णिमाकाे अवसरमा पालिकाले बिदा दिएकाे हाे । परम्परादेखि नै काेजागत पूर्णिमाकाे दिन सराय (वाक्खै) नाच तथा अन्य विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुने भएकाले बिदा दिइएकाे पालिकाले जनाएकाे छ ।

आज जिल्लाकाे मुझुङ्, लिपिनदेवी बाैघागुम्हा, मस्याम लगायतका स्थानमा वाक्खै सराय नाच्ने परम्परा रहेकाे छ । दसैँघर, काेटघर, देवी मन्दिरमा रहेका खुँडा, तरबार, भाला, ढाललगायतका हतियार नचाएर वाक्खै नाच्ने गरिन्छ । याे नाचलाई युद्ध अभ्यासका रूपमा समेत लिने गरिन्छ ।

वाख्खै सराय नाचेपछि काेटघर देवी मन्दिरमा एक वर्षका लागि विधिपूर्वक पूजा विसर्जन गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com