2

Logo २०८३ बैशाख १३ आइतबार
लालीगुराँस कपः देवदह, गोर्खा ब्वाईज, मकवानपुर र खस्यौलीको जित

लालीगुराँस कपः देवदह, गोर्खा ब्वाईज, मकवानपुर र खस्यौलीको जित


Sabalnews प्रकाशित मिति : सोमबार, असोज २० २०८२
323

पाल्पा ।

पाल्पाको रामपुरमा जारी लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको ४ खेलमा देवदह ब्वाईज, गोर्खा ब्वाईज स्पोर्टस क्लब, मकवानपुर र खस्यौली फुटबल क्लबले जित हात पारेका छन् ।

रामपुर–५, मटेरी स्थित खेलमैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा देवदहले चापाकोट युनाइटेडलाई टाईब्रेकरमा २–० ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा २-० ले देवदह विजयी बनेको हो । खेलमा देवदहका गोलरक्षक हिमाल नेपाली म्यान अफ दि म्याच चुनिए ।

दोस्रो खेलमा गोर्खा ब्वाईजले एलजी एसोसिएशन ग्रीनलाई ६–० को फराकिलो अन्तरले हरायो । खेलमा गोर्खा ब्वाईजका विज्ञान खड्का म्यान अफ दि म्याच बने । त्यस्तै तेस्रो खेलमा मकवानपुरले चोरमारा युथ क्लबलाई १–० ले निराश तुल्यायो । खेलमा मकवानपुरका उर्गेन रुम्बा म्यान अफ दि म्याच बने ।

त्यस्तै, चौथो तथा अन्तिम खेलमा खस्यौलीले एक्सिस ब्रदर्शलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा खस्यौलीका सुमित पुलामी म्यान अफ दि म्याच घोषित भए ।

एलजी (लालीगुराँस) एसोसिएशन रामपुर, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २५ गते हुने एसोसिएसनका अध्यक्ष मधुसुद पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com