2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा “लालीगुँरास कप” राष्ट्रिय फुटवल प्रतियोगिता शुरु, आयोजकको बिजयी शुरुवात

पाल्पामा “लालीगुँरास कप” राष्ट्रिय फुटवल प्रतियोगिता शुरु, आयोजकको बिजयी शुरुवात


Sabalnews प्रकाशित मिति : आइतबार, असोज १९ २०८२
519

पाल्पा ।

खेलकुदको हब बन्दै गएको पाल्पाको रामपुरमा लालीगुराँस एसोसियसन क्लबको आयोजनामा लालीगुँरास कप शुरु भएको छ । रामपुर ५ को मटेरी ठुलोटारमा आयोजित अण्डर १९ सेभेन ए साइड फुटवल प्रतियोगिताको उद्घाटन खेल आयोजक लालीगुराँस एसोसिएसनको रातोले जितेको छ ।

युथ युनियन नवलपुरसँग उद्घाटनमा भिडेको आयोजक एल जि का जर्सी नम्बर ७ का सोजित रुचालले खेलको १४ मिनेटमा हेड मार्फत गोल गरेका थिए । १-० को अग्रता लिएको सोही गोल अन्ततः निर्णायक गोल बन्यो । खेलमा एलजीका गोलरक्षक प्रनिल हमाल प्लेयर अफ दि म्याच घोषित भए ।

शनिवारदेखि खेल शुरु हुने भनिएको निरन्तर पानी परेपछि आइतबारदेखि खेल शुरु भएको हो । एसोसियसनले पाल्पा, स्याङजा, नवलपुर, काठमाडौ, पोखरा, बुटवल, चितवन, मकवानपुर सहितका १८ टिमलाई मैदानमा उतारेको छ । बाहिरका १५ टिम छन् भने नगरभित्रका ३ टिम रहेको छ ।
विगतमा स- साना कार्यक्रम गर्दै आएको एसोसियसनले पहिलो पटक राष्ट्रिय स्तरको सेभेन ए साइड प्रतियोगिता आयोजना गरेको हो ।

एसोसियशनका अध्यक्ष मधुसुदन पोखरेलको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले खेलल र बाहिरका खेलाडी खेलप्रेमी भिर्‍याएर खेल र पर्यटनको माध्यमबाट रामपुर चिनाउने महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले खेलबाट एकताबद्धको लहर जागेको बताउदै खेलकुद र प्रशिक्षणका कार्यक्रम नगर खेलकुदले राख्दै आएको स्मरण गराउनुभयो । उहाँले पुर्वाधारको कमी र नयाँ धार दिन नसक्दा विविध समस्या आएपनि पछिल्लो समय नगरपालिकाले पुर्वाधार निर्माणमा जोड दिएकोमा यसले गति लिने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले खेलले युवालाई सकारात्मक तर्फ जगाएको बताउनुभयो । देशको पछिल्लो अबस्थामा युवा अग्रसरता बढेको बताउदै उहाँले रामपुर क्षेत्रका युवाको संयमताले राम्रो सन्देश दिएको बताउनुभयो । नेपाल मुस्लिम संघका केन्द्रिय उपसभापति हजुल मियाँले युवाको मेहनतको कदर गर्नुभयो । ज्योतिपुञ्ज युवा क्लबका निवर्तमान अध्यक्ष सुदिप गौतमले खेलले रामपुरलाई थप चिनाउन लागेको बताउनुभयो ।२
खेल संयोजक आदेश रानाको स्वागतबाट शुरु भएको कार्यक्रम लालीगुराँस एसोसियशनका अध्यक्ष मधुसुदन पोखरेलको अध्यक्षतामा भएको हो भने सञ्चालन दिपेन्द्र भटराईले गर्नुभएको हो ।

आउदो असोज २५ गतेसम्म चल्ने प्रतियोगितामा विजेता समूहले नगद २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने जानकारी दिनुभयो । साथै सेमिफाइनल पुगेका टोलीलाई जनही २५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, डिफेन्स, गोलरक्षक, फर्वार्ड, मिडफिल्डर, स्थानीय खेलाडी, प्रशिक्षक लगायत विभिन्न विधामा उत्कृष्टलाई नगद, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com