2

Logo २०८३ बैशाख १३ आइतबार
इतिहास रच्दै नेपालले वेस्ट इन्डिजसँगको टी-२०आई सिरिजको उपाधी जित्यो

इतिहास रच्दै नेपालले वेस्ट इन्डिजसँगको टी-२०आई सिरिजको उपाधी जित्यो


Sabalnews प्रकाशित मिति : सोमबार, असोज १३ २०८२
344

काठमाडौं ।

नेपालले लगातार दोस्रो जितसंगै वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ । मंगलबारको दोस्रो खेलमा वेस्ट इन्डिजलाई हराउँदै नेपालले ३ खेलको टी-२०आई सिरिज आफ्नो पक्षमा पारेको हो ।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज १७ ओभर १ बलमा ८३ रनमा समेटियो ।नेपालको जितमा आदिल आलमले उत्कृष्ट बलिङ गरे।

लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका आदिलले पहिलो खेलमै आफूलाई प्रमाणित गरे । ४ ओभर बलिङ गरेका २४ रन खर्चेर ४ विकेट लिए । कुशल भुर्तेलले ३, करण केसी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एकएक विकेट लिए । वेष्ट इन्डिजका ३ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । जेसोन होल्डरले सर्वाधिक २१ रन बनाए ।

त्यसअघि दुबईको शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपालका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन बनाए ।

सन्दीप जोराले ३९ बलमा ६३ रन बनाए । कुशल भुर्तेल २, कप्तान रोहित पौडेल ३, कुशल मल्ल ७, आदिल आलम ११ र गुल्सन झा ६ रनमा आउट भए । बलिङमा वेष्ट इन्डिजका काइल मेयर्स र अकिल होसेनले २\२ तथा जेडियाह ब्लेड्सले एक विकेट लिए ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथी १९ रनको ऐतिहासिक जित दर्ता गरेको थियो । नेपाल र वेष्ट इन्डिजबिचको तेसो खेल मंगलबार हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com