2

Logo २०८३ बैशाख १३ आइतबार
बडादशैंको छैटौं दिन, कात्यायनीदेवीको पूजा-आराधना गरिदै

बडादशैंको छैटौं दिन, कात्यायनीदेवीको पूजा-आराधना गरिदै


Sabalnews प्रकाशित मिति : आइतबार, असोज १२ २०८२
239

काठमाडौं ।

आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा-आराधना गरेर मनाइदैछ।

आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिने धार्मिक विश्वास रहेको छ। शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन्।

त्रिलोकमा आतंक मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसपछि उनी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी भन्ने पुराणमा उल्लेख गरिएको छ।

अदृश्य जगतको शासनसत्ता यिनै कात्यायनी देवीले चलाउने विश्वास गरिन्छ। कात्यायनीको हामीले देख्ने स्वरुप सोही अदृष्य जगतलाई जनाउने सूचक हो। त्यसैले कात्यायनीलाई दिव्यताको अतिगुप्त रहस्यहरुको प्रतीक मान्ने गरिन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com