2

Logo २०८३ बैशाख १३ आइतबार
श्रावणी शिवमहापुराणको खर्च सार्वजनिक

श्रावणी शिवमहापुराणको खर्च सार्वजनिक


Sabalnews प्रकाशित मिति : सोमबार, भाद्र ३० २०८२
897

पाल्पा ।

सांगितिक पाठशाला संचालनार्थ पाल्पाको रामपुरमा श्रावणमहिनामा चलेको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एंव श्रावणी महोत्सवको खर्च सार्वजनिक गरएिको छ । श्रीमद्भागवत शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव मूलआयोजक समतिले महायज्ञ सकिएको केही समयमा पत्रकार भेटघाट गरि खर्च सार्वजनिक गरेको हो ।

रामपुर नगरपालकिा- ६  पूर्वटारमा साउन १२ देखि ३१ गतेसम्म संगित पाठशाला सञ्चालन सहयोगार्थ रामपुर भजन कृतन मण्डली तथा भजनकृर्तन समाजले कार्यक्रम गरेको थियो । ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव मूलआयोजक समितिका अध्यक्ष कृष्ण प्रसाद अर्यालले यज्ञमा ३० लाख ४४ हजार ७ सय २ रुपियाँ आम्दानी र १६ लाख १९ हजार ४ सय ३३ रुपयाँ खर्च भएको बताउनुभयो ।

यज्ञबाट १४ लाख २५ हजार २६९ रुपयिाँ बचत भएको छ । आम्दानी मध्य दान रकम २९ लाख ७४ हजार १ सय ४४ रुपयाँ, दान पेटिकाबाट ७० हजार ५५८ रुपयाँ संकलन भएको हो । संस्थाको कोषमा हुने गरि १२ लाख ९९ हजार २ सय ५८ रुपयाँ सहकारीमा बचत रहेको र एक लाख २६ हजार ११ रुपैयाँ उठ्न बाँकी रहेको जानकारी दिइएको छ । संयोजक अर्यालले यज्ञ सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै उद्देश्य अनुसार काम अघि बढाउन पनि सबै तत्पर हुनुपर्ने उल्लेख गर्नुभयो ।

यज्ञ सञ्चालन र व्यवस्थापनमा १६ लाख १९ हजार ४३३ रुपयाँ जसमध्ये पण्डति तथा भजन कर्तिन व्यवस्थापनमा ४ लाख ५८ हजार ४सय४, भान्सा, प्रसादी तथा पुजा व्यवस्थापनमा १ लाख ७८ हजार ९सय ४३, छपाइ व्यवस्थापन प्रेस ३ लाख १० हजार १ सय ११, टेन्ट, साउण्ड तथा कुर्ची व्यवस्थापनमा २ लाख ५७ हजार २ सय ८५, वद्यिुत खानेपानी तथा सरसफाईमा ३८ हजार ८ सय ७, सम्मान सामग्री व्यवस्थापनमा १ लाख ८ हजार ७०, यातायात व्यवस्थापनमा १३ हजार ५सय, सूचना सञ्चार तथा भडियिो छायाङ्कनमा ९४ हजार, स्टेशनरी सामान २ हजार ९ सय ८, यज्ञ व्यवस्थापनमा १ लाख ५७ हजार ४ सय ५ खर्च भएको छ ।

कार्यक्रममा रामपुर भजन कृर्तन मण्डलीका सल्लाहाकार देवराज ढकाल, हुमनाथ न्यौपाने र बिष्णुमायाँ ढकाल लगाएतले आ–आफ्‌ना सुझाव सहित भनाई राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर भजन कृतन मण्डलीका सचिव पुरुषोत्तम ढकालले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com