2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा यातायात सेवा नियमित गराउन प्रशासनको आग्रह

पाल्पामा यातायात सेवा नियमित गराउन प्रशासनको आग्रह


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र २६ २०८२
701

पाल्पा ।

पाल्पामा यातायात सेवा नियमित गराउन प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार राखेको सर्वपक्षीय बैठकबाट सदरमुकाम तानसेनदेखि ग्रामीण भेगमा सवारी साधन सञ्चालनका लागि आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताउनुभयो ।

राजनीतिक दल, नागरिक समाज, पत्रकार महासंघ, यातायात व्यवसायी लगायतको प्रतिनिधित्व गर्दै बसेको बैठकले जिल्लाभर यातायात सेवा नियमित गराउन आग्रह गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कतिपय सेवाग्राही प्रशासन कार्यालयसम्म आएको र फाट्टफुट्ट बजार क्षेत्र खुल्दै गएकाले यातायातका साधन सञ्चालन गर्नुपर्छ ।

श्रीनगर यातायात सेवा कम्पनी प्रालिले पाल्पा जिल्लामा सार्वजनिक यातायात सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ । सवारीसाधन सञ्चालन गर्ने कर्मचारी, व्यवसायी र यात्रुहरूलाई सामान्य सेवा लिन र प्रवाह गर्न कुनै समस्या नरहेको कम्पनीले जनाएको छ ।

जिल्ला बाहिर रुपन्देही, स्याङ्जा र अर्घाखाँची लगायतका जिल्लामा भने अझै पनि कर्फ्यु र निषेधाज्ञा जारी रहेकाले सावधानी अपनाउन कार्यालय प्रमुख भविन्द्र गौतमले आह्वान गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com