अध्यक्षमा माओबादीका भट्टराई, अन्य पदमा काङ्ग्रेस निर्वाचित, एमाले ब्लकमा सिमित
संघीय निर्वाचनको झल्को दिने खानेपानीको कडा निर्वाचन
पाल्पा ।
संघीय निर्वाचनको झल्को दिने गरि पाल्पाको रामपुरमा भएको रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा कमलराज भट्टराई निर्वाचित हुनुभएको छ । भट्टराई बामघटक दलको साझा उमेदवार हुनुहुन्छ ।
खानेपानी सस्थाको अध्यक्षमा कुल १३०६ मत ल्याएर भट्टराई बिजयी हुनुभएको हो । नेपाली काङ्ग्रेसका उमेदवार हजुल मिया भन्दा बामघटकबाट नेकपा एकीकृत माओबादीका उमेदवार रहनुभएका भट्टराई मतगणनामा झण्डै शुरुदेखी नै अगाडी हुनुहुन्थ्यो । निरन्तर पछ्याइरहनुभएका हजुल मियाले १११२ मत ल्याउनुभयो । १९४ मतको अन्तरले भट्टराई बिजयी हुनुभएको हो । अन्य पदमा भने नेपाली काङ्ग्रेसका उमेदवार बिजयी भएका छन् ।

उपाध्यक्षमा १२२५ मत ल्याएर बिष्णुमाया ढकाल बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी प्रेम प्रकाश श्रेष्ठले ११०१ मत अर्थात् १२४ मतको अन्तरले ढकाल बिजयी हुनुभएको हो । सचिव पदमा २०१ मतको अन्तरले निलकठ्ठ पोखरेल बिजयी हुनुभयो । पोखरेलका प्रतिद्वन्दी कीर्तिमान श्रेष्ठले १०३६ मत प्राप्त गर्नुभयो । कोषाध्यक्ष पदमा ६२२ को सबैभन्दा ठूलो अन्तरले बामघटकबाट एकीकृत समजबादीका उमेदवार रहनुभएका खेमराज घिमिरेलाई पछि पार्दै १४५० मत ल्याएर भोजराज भट्टराई कोषाध्यक्षमा निर्वाचित हुनुभयो । घिमिरेले ८२८ मत प्राप्त गर्नुभयो । सदस्य पदमा नेपाली काङ्ग्रेसका उमेदवार बिजयी हुनुभएको छ । बिष्णु प्रसाद आचार्यले १०६८ मत, मुना थापाले १०६४ मत, राजकुमस्र श्रेष्ठले १०५० मत, सरस्वती डोटेलले १०३७ मत र टेक बहादुर बिश्वकर्माले ९७५ मत ल्याएर सदस्य पदमा निर्वाचित हुनुभयो ।
सदस्यका उमेदवार रहेका दुर्गा बहादुर केसी बिजयी उमेदवार संग २ मतको झिनो मतले ९७३ मत ल्याएर हार व्यहोर्नुभयो ।
बिष्णुमाया सारुले ७९६ मत, मन्जुदेवी पोखरेलले ८१० मत, सुमित्रा ज्ञवालीले ७३३ मत र सुर्जे गैरेले ८२९ मत ल्याउनुभएको छ ।
कुल ३६८४ उपभोक्ता मतदाता रहेको निर्वाचनमा २५८८ मत खसेको थियो । निर्वाचनमा लेखा समिति र ब्लक संयोजकको प्रायः सबै पदमा नेपाली काङ्ग्रेसकै उमेदवार बिजयी हुनुभयो । बामघटकका ६ दल एकै ठाउँ र नेपाली काङ्ग्रेस छुट्टै गरि २ प्यानलगत चुनाबी मैदानमा होमिएको खानेपानी निर्वाचनमा नेपाली काङ्ग्रेसले ४ वटा ब्लक जितेको छ । ब्लक नम्बर १,३, ४ र ६ मा नेपाली काङ्ग्रेसका उमेदवार बिजयी भएका छन् । ब्लक नम्बर २ र ५ मा नेकपा एमालेका उमेदवार बिजयी भएका छन् ।
३७७ मत खसेको ब्लक नम्बर १ मा २३५ मतले कृष्ण प्रसाद अर्याल बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी लेखनाथ रेग्मीले ११२ मत प्राप्त गर्नुभयो । ब्लक नम्बर ३ मा वसन्त बहादुर मल्लले ३०१ र प्रतिस्पर्धी सुर्य प्रसाद श्रेष्ठको १६७ मत आएको छ । यस ब्लकमा ५३८ मत खसेको थियो । ५६२ मत खसेको ब्लक नम्बर ४ मा २६८ मत ल्याएर कृष्ण प्रसाद वाग्ले बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी राम प्रसाद भण्डारीले २३३ मत प्राप्त गर्नुभयो । ब्लक नम्बर ६ का ओम नारायण श्रेष्ठको १७० र मोहन बहादुर थापाको १८३ मत आएको छ । निकै प्रतिस्पर्धा देखिएको यो ब्लकमा १३ मतले थापाले जित हासिल गर्नुभयो । कुल ३९४ मत खसेको थियो । ब्लक नम्बर २ मा २६६ मत खसेकोमा टोपनारायण ढकालले १४४ मत ल्याएर प्रतिस्पर्धी भोजराज भण्डारीलाई जित्नुभएको छ । भण्डारीले ८४ मत प्राप्त गर्नुभयो । त्यस्तै ब्लक नम्बर ५ मा बुद्धिप्रकाश श्रेष्ठले २११ मत र धन बहादुर रानाले १९४ मत ल्याउनुभएको छ । यस ब्लकमा ४५१ मत खसेको थियो ।
लेखा समितिमा सबैजना नेपाली काङ्ग्रेसका उमेदवार बिजयी हुनुभएको छ । लेखा समिति संयोजकमा दुर्गा प्रसाद पोखरेलले १२५१ मत ल्याएर बिजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी कृष्ण प्रसाद श्रेष्ठले ९११ मत प्राप्त गर्नुभयो । लेखा समितिमा काङ्ग्रेसका कमल आचार्यले ११०९ र मन्जु भट्ट क्षेत्रीले ९७५ मत ल्याएर बिजयी हुनुभयो र उहाँका प्रतिस्पर्धी बिपिन अधिकारीले १०६१ मत र पबित्रा कुमालले ७९९ मत ल्याउनुभयो ।
नेकपा एमाले, एकीकृत नेकपा माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहितका दलको प्यानल र नेपाली काङ्ग्रेस निकट गरि दुई प्यानल बीच भएको निर्वाचनमा कुल मतदाता मध्ये ७० दशमलव २५ ले मतदान गरेका थिए । ३ हजार ६८४ मतदाता मध्ये दुई हजार ५८८ जना उपभोक्ताको मत खसेको थियो ।