2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा संचालनमा आयाे रक्त संचार केन्द्र

पाल्पामा संचालनमा आयाे रक्त संचार केन्द्र


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र १९ २०८२
883

पाल्पा

नेपाल रेडक्रस साेसाइटी पाल्पा शाखाले रक्त संचार केन्द्र संचालनमा ल्याएकाे छ । नेपाल रेडक्रस साेसाइटी स्थापना दिवसकाे अवसर पारेर आजदेखि आफ्नै कार्यालय रहेकाे भवनबाट रक्त संचार केन्द्र संचालनमा ल्याएकाे जनाएकाे छ ।

पाल्पाका लागि वार्षिक ४ हजार पिन्ट रगत आवश्यक रहेकाे शाखा सभापति बावुराम कार्कीले बताउनुभयाे । पाल्पामा रगत अभाव हुन नदिन विगत डेढ वर्षदेखि निरन्तर रूपमा रक्त संचार केन्द्र स्थापनाका लागि गरिएकाे पहलले सार्थकता पाएकाे सभापति कार्कीले बताउनुभयाे । शाखाले उक्त केन्द्र नियमित रूपमा संचालन गर्न विभिन्न व्यक्तिहरूसँग हाम्राे ब्लड बैँक हामी बनाउँछाैँ महाअभियान संचालन गरेकाे र त्यसबाट ६८ लाख रकम सङ्कलन भएकाे शाखा उपसभापति भीमसेन कार्कीले जानकारी दिनुभयाे ।

शाखाले अहिले दुई जना प्राविधिक कर्मचारीसहित पाँच जना कर्मचारीबाट रक्तसंचार केन्द्र नियमित संचालन गरिरहेकाे शाखाका सदस्य डा. झपेन्द्र ढकालले बताउनुभयाे । त्यसका लागि कर्मचारीलाई आवश्यक तालिम प्रशिक्षण दिइसकिएकाे छ । शाखाकाे मिसन अस्पताल नजिकै भवन बनिरहेकाे छ । उक्त भवनका लागि नेपाल सरकारबाट गत वर्ष १ कराेड ५३ लाख र याे वर्ष ३ कराेड रकम विनियाेजन भएकाे शाखाका महामन्त्री केशवराज नेपालले जानकारी दिनुभयाे । हाल रक्त संचार केन्द्र संभालनका लागि तानसेन र रामपुर नगरपालिका, रिव्दीकाेट र रम्भा गाउँपालिकाले जिन्सीसामग्री सहयाेग गरेकाे छ ।

यसैबीच शाखाले विविध कार्यक्रमसहित स्थापना दिवस मनाएकाे छ । स्थापना दिवसकाे अवसरमा रक्तदान कार्यक्रम, रेडक्रसकाे झण्डाेत्तलन, पत्रकार तथा रेडक्रसका पालिका स्तरीय कमिटिका पदाधिकारीसँग अन्तरक्रिया गरिएकाे शाखाका कार्यक्रम अधिकृत विनाेद भारतीले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com